ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल

वडाअध्यक्ष कपको उपाधि वडा नम्बर ४ लाई

१६ माघ २०८०, मंगलवार
१६ माघ २०८०, मंगलवार

बर्दघाट, १६ माघ ।

नवजिवन युवा क्लवको आयोजनामा बर्दघाट नगरपालिका वडा नम्बर ४ बाढीपीडितमा सञ्चालित दोश्रो अध्यक्ष कप २०८० खुल्ला फूटवल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले चुमेको छ । बर्दघाट नगरपालिका भित्रका कुल १७ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको हो ।

उपाधिका लागि वडा नम्बर १४ र वडा नम्बर ४ विच भएको प्रतिष्पर्धामा वडा नम्बर १४ लाई सुन्यका विरुद्ध १ गोल गर्दै वडा नम्बर ४ ले उपाधि चुमेको हो । निकै प्रतिष्प्रधात्मक खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न नसके पनि खेल भने निकै रोमान्चक रहेको थियो ।

दोश्रो हाफमा वडा नम्बर १४ माथि वडा नम्बर ४ निकै हावी भएपनि गोल गर्ने सुनौला मौकाहरु भने गुमाएको थियो । दोश्रो हाफको ३७ औँ मिनेटमा भने वडा नम्बर ४ का युजन पुनको पासमा भिम चौधरीले विपक्षीको गोलपोष्टको जाली चुमाउँदै निर्णायक गोल गरेका थिए ।

विजेता टोलीले ट्रफी सहित नगद ५५ हजार ५ सय ५५ र मेडल प्राप्त गर्न सफल रह्यो यस्तै उप विजेता टोलीले ३३ हजार ३ सय ३३ रुपैयाँ र दोश्रो ट्रफीमा चित्त बुझायो । प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा नम्बर ४ का सुवास परियार, सर्वाधिक गोलकर्ता ४ कै विज्ञान गुरुड, उदियमान खेलाडी ४ कै निशान लामिछाने घोषित भए यस्तै उत्कृष्ट डिफेन्स वडा नम्बर १४ का देवराज चौधरी र उत्कृष्ट गोलरक्षक १४ का सन्तोष चौधरी भएका थिए । अनुशासित टीमको उपाधि आयोजक सि टिम नवजिवन युवाक्लवले पाएको थियो । विजेता टोलीलाई बर्दघाट नगरपालिकाका कार्यवाहक नगर प्रमुख एवं उप प्रमुख रुद्र प्रकाश उपाध्यायले पुरस्कार वितरण गरेका थिए । उपाध्यायले युवाहरुलाई अनुशासित राख्न, शारीरिक विकासको लागि खेलकुद अपरिहार्य रहने बताए । उनले नगरले विभिन्न खेलहरुमा क्षमतावान खेलाडीको पहिचान गर्र्र्दै उनीहरुको खेलजिवन उकास्न खेलक्षेत्रमा लगानी बढाउने समेत बताए । बर्दघाट नगरपालिकाबाट फूटवल, क्रिकेट लगायतका खेलहरुमा राष्ट्रिय खेलाडी समेत उत्पादन भएको बताउँदै नियमित सँचालन हुने प्रतियोगिता र खेलकुदमा गरिएको लगानीले थप प्रतिभाहरु जन्माउन सकिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?