© २०२३
नेपालगंज, १५ माघ । युवा खेलाडीलाई प्लेटफर्म दिने गरि बाकेमा शुरुभएको नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगितामा बाग्मती स्पोर्टस क्लबले बिजयी शुरुवात गरेको छ । सोमबार भएको उद्घाटन खेलमा बाग्मती स्पोर्टस क्लबले पशुपति युवा क्लबमाथि ट्राईबेकरमा ५—४ गोलको जित निकालेको हो ।
बाके खजुराको मिनी रंगशालामा भएको उद्घाटन खेलको ४ औ मिनेटमा बाग्मती स्पोर्टस क्लबका प्रसान्त गिरीले आर्कषण गोल गर्दै टिमको खाता खोले । बाग्मतीको अर्को गोल भने आत्मघाती भएको थियो । पशुपति युवा क्लवका हिमाल गुरुङ्गले खेलको १७ औं र ८३ औं मिनेटमा दुई गोल फर्काउदै खेललाई बराबरीमा ल्याए । निर्धारित समयमा बाग्मती स्पोर्टस क्लब र पशुपति युवा क्लबबाट २—२ गोल गरेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकर बाग्मती स्पोर्टस क्लबका गोल किपर समिर थापा नायक रहे । उनले आर्कषक बचाउ गर्दै टिमलाई विजयी बनाए । उनि खेलमा म्यान अफ द म्याच घोषित हुदै नगद ११ सय रुपैया र ट्रफीबाट पुरस्कृत भए ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले ८५ हजार ५ सय ५५ रुपैयासहित, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक तिलकबिर सुनारले बताए । यसैगरि प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन ।
प्रथम पुरस्कर खजुरा ४ स्थायी घर भइ हाल अमेरिकामा रहेका लिलबहादुर थापाले ब्यक्तिगत प्रायोजन गरेका छन् भने बेष्ट स्कोरर, बेष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताको पुरस्कार भने जिल्ला फुटवल संघले प्रायोजन गरेको प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।
ए डिभिजनमा खेल खेल्ने धेरै फुटबल खेलाडी जन्माइसकेको न्यु डाँफे स्पोर्टस् क्लव बिसं २०३८ सालमा गठन भएको मोफसलको चर्चित क्लब हो ।
यसैबिच सोमबार खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले सिनियर राष्ट्रिय रेफ्रि लक्ष्मी श्रेष्ठलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गर्दै युवा खेलाडी उत्पादनमा स्थानिय सरकार निरन्तर साथसहयोग गर्न तयार रहेको बताए । खजुरालाई खेलकुदको हब बनाउने गरि पूर्वाधार र खेलाडी उत्पादनको अभियानलाई अगाडी बढाएको उनले दाबी गरे ।