ट्रेंडिंग:

>> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच

कबड्डीमा सिर्जनाको समर्पण

कबड्डीमा लेफ्ट कभरमा आफ्नो खेल्ने मुख्य पोजिसन रहेको र आवश्यकता अनुसार मिड र सेकेण्डमेनको भूमिका समेत धेरै प्रतियोगितामा आफूले निभाएको उनी बताउँछिन । सिर्जनाकी आमा देवी महतोमा सिर्जनाले पाएको सफलतामा जति खुसी छ, त्यति नै खेलेर छोरीको जीवनयापन हुन्छ त भन्नेमा चिन्ता पनि उत्तिकै छ ।
१५ माघ २०८०, सोमबार
१५ माघ २०८०, सोमबार

बर्दघाट, १५ माघ । सिर्जना कुमारी थारु चीनमा भएको एशियन खेलकुदमा नेपालको लागि पदक दिलाएको खेल कबड्डीको खेलाडी हुन् । पश्चिम नवलपरासी प्रतापपुरकी सिर्जनाको कक्षा ५ पढ्दा देखि नै कबड्डी खेलप्रति लगाव थियो । अन्ततः देशको लागि पदक दिलाउने खेलाडीको रूपमा इतिहास लेखाइन ।

विपन्न परिवारकी सिर्जनाले खेलप्रति निकै लगाव रहेपनि औपचारिक प्रशिक्षण गर्न भने आर्थिक अभावकै कारणले सकिनन् । विद्यालयस्तरमा आयोजना हुने प्रतियोगिताले कबड्डी खेलले आफुलाई तानेको उनी बताउँछिन् । विद्यालयमा कबड्डी खेलको आयोजना हुने गर्दथ्यो, ठूलो कक्षाको दाइ दिदीहरू खेलेको देख्दा म पनि यो खेल खेल्छु भन्ने मनमा आयो र खेल्न थाले उनले भनिन् । २०६७ सालमा राष्ट्रपति रनिड शिल्डमा पहिलो पटक आदर्श माध्यमिक विद्यालय सेमरीको तर्फबाट उनले सहभागिता जनाएकी थिइन । प्रतियोगितामा दोश्रो स्थान हासिल गरेपछि हौसला बढेको र खेलप्रति अझै समर्पित हुँदै गएको अतित उनले स्मरण गरिन ।

कबड्डीमा लेफ्ट कभरमा आफ्नो खेल्ने मुख्य पोजिसन रहेको र आवश्यकता अनुसार मिड र सेकेण्डमेनको भूमिका समेत धेरै प्रतियोगितामा आफूले निभाएको उनी बताउँछिन । विद्यालयस्तरमा गोविन चौधरीले प्रशिक्षण पाएकी उनी उच्च शिक्षा हासिल गर्न नपाएकोमा अहिले पछुताउँछिन । सुरुवाती दिनमा घरमा आमाले खेल छोडेर पढाइमा ध्यान दिन भनेपनि आफूले पढाइलाई भन्दा खेललाई प्राथमिकतामा राखेको उनले बताइन । राम्रोसँग नेपाली बोल्न समेत गाह्रो मान्ने सिर्जनाकी आमा देवी महतोले सिर्जनाले पाएको सफलताले सबैमा खुसी छाएपनि खेलेर जीवनयापन गर्न समस्या हुने तनाव सधै हुने बताइन ।

सिर्जनालाई कबड्डी खेल्न प्रेरित गर्ने राजु क्षेत्री हाल नवलपरासी कबड्डी संघका जिल्ला अध्यक्ष छन र राजुलाई नै सिर्जनाले गुरु मान्ने गर्छिन । राजु गुरुले हौसला र खेल कौशलता नसिकाएको भए म आज देशको लागि पद दिलाउने खेलाडीको रूपमा हुने थिइन सिर्जनाले भनिन् ।
झिँगटीले बारेको घर, फुसको छानो र दलिनमा लहरै झुण्डिएका पदक र प्रमाणपत्र हेदै बाबु बेनीराम थारु भावुक हुँदै भन्छन, छोरीले देशको नाम उँचो बनाएकी छन तर घरको आर्थिक अवस्थामा सुधार हुन सकेको छैन । खेती किसानी गरेर परिवार चलाउँदै आएका उनी राज्यले केहि आर्थिक सहयोग गरिदिए हुन्थ्यो भन्नेमा आशावादी देखिन्छन । विद्यालयस्तरबाटै निरन्तर कबड्डी खेल खेल्दै आएकी सिर्जनाले रा.खे.प. कपमा तेश्रोस्थान, आठौ राष्ट्रपति रनिड शिल्ड नेपालगँजमा तेश्रो, राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७८ मा दोश्रो, नवौँ राष्ट्रपति रनिड शिल्डमा दोश्रो स्थान हासिल गर्न उनको टोली सफल भएको थियो ।

गत साफ खेलकुदको लागि छनौट प्रतियोगितामा अन्तिम क्षणमा छनौट नहुँदा सबैभन्दा दुखित बन्न पुगेको उनले बताइन । फिजिकल्ली पनि फिट थिए, आफ्नो स्थानबाट उत्कृष्ट खेल पनि प्रदर्शन गरेकै थिएँ तर पनि अन्तिममा छनौटमा पर्न सकिन्, मेरो लागि खेल जिवनकै सम्भवतः त्यो दुखत क्षण हो, उनले भनिन । छनौट हुन नसक्दा खेल जिवन नै छाडने अवस्थामा पुगेको समेत उनले बताइन ।

नेपाल कबड्डी संघका केन्द्रिय उपाध्यक्ष कुमार आले सिर्जनामा भएको लगनशिलताका कारण उनी यो स्थानसम्म पुगेको बताउँछन । जिल्लामा हुने प्रतियोगिताहरूमा उनी धेरै पटक सर्वोत्कृष्ट खेलाडी बन्न सफल रहिन, मेहनत र लगावका कारण उनले सफलता पाउन सकिन् र नेपालको प्रतिनिधित्व गर्दै एशियाली खेलकुदमा समेत नेपाललाई पदक दिलाउन सफल रहिन, आलेले भने ।

अहिलेसम्म नवलपरासीका लक्ष्मण पासवानले सन १९९६ को एशियाली खेलकुद र सिर्जनाले २०२३ मा सम्पन्न एशियाली खेलकुदमा अन्तर्राष्ट्रिय पदक जितेका छन । सिर्जना नवलपरासीकी पहिलो महिला खेलाडी हुन जसले अन्तर्राष्ट्रिय पदक दिलाएकी हुन । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?