ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

डेढ करोड लागतमा फालाबाङ, मखनटाकुरी हुँदै दाङ जोड्ने सडक

१४ माघ २०८०, आईतवार
१४ माघ २०८०, आईतवार

सल्यान, १४ माघ । कर्णालीको सल्यान र लुम्बिनीको दाङलाई जोड्ने गौरवको सडक निर्माण योजना सुरु भएको छ । सल्यानको त्रिवेणी गाउँपालिकाले गौरबको योजनाको रूपमा राखेको लुहाम फालाबाङ, मखनटाकुरी हुदै दाङ जोड्ने सडकको स्तरउन्नती कार्य सुरु भएको हो ।
एक करोड ५० लाख रूपैयाँ लागत रहेको उक्त सडकको स्तरोन्नति कार्य सुरु भएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले जानकारी दिए । दुई प्रदेशलाइ जोड्नको लागि बैकल्पिक सडकको रूपमा लुहाम फलाबाङ, मखनटाकुरी हुदै दाङ जोड्ने सडक रहेको छ ।
गाउँपालिका अध्यक्ष रावतले केही दिन अघि सडकको शिलान्यास गर्दै निर्माण पक्षलाइ समयमै गुणस्तरीय काम गर्न र गाउँपालिकाको प्राविधिक टिमलाइ नियमित निगरानी तथा अनुगमनका लागि निर्देशन दिएका थिए ।

कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्र सहित सडक निर्माण तथा भौतिक पुर्वाधारको क्षेत्रमा पनि त्रिवेणी गाउँपालिकाले प्राथमिकताको साथ काम गरिरहेको उनको भनाइ छ । आर्थिक बर्षको अन्त्यमा हुने चापलाइ घटाउनका लागि त्रिवेणी गाउँपालिकाले समयमै योजना सम्झौता, कार्यान्वयनको पाटोलाइ तिब्रताको साथ अघि बढाइरहेको छ ।

गाउँपालिकाका गौरवका योजना तथा अन्य साना योजना तथा कार्यक्रम समयमै कार्यान्वयन र सम्पन्न गर्नका लागि आफुहरू निरन्तर लागिरहेको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिए । उनका अनुसार कोलचौर देखि दाङ जोड्ने सडक, लुहाम पोखरीज्यूला ढोरचौर सडक तथा सल्लेखोला सिम्क पिपलबोट सडक यस बर्षका मुख्य गौरवका आयोजनाहरू हुन् । यी आयोजनाहरू समयमा नै टेण्डर प्रक्रियाद्वारा सम्झौता भई कतिपय योजना निर्माण चरणमा प्रवेश गरिसकेकोले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने आधार तयार भएको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?