ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पाल्पाका मुख्य दुई सडक माघ १७ देखि बन्द हुुने

१४ माघ २०८०, आइतबार
१४ माघ २०८०, आइतबार

पाल्पा, १४ माघ । जिल्लाका दुई मुुख्य सडक खण्ड माघ १७ गतेदेखि बन्द हुने भएका छन् । यहाँका तानसेन–रानीमहल र आर्यभञ्ज्याङ्ग– रामपुर सडक निश्चित समयका लागि बन्द हुने भएका हुन् ।

सडकको ढलान, मर्मत र स्तरोन्नतीको कार्य गर्न यी दुई सडक बन्द गरिने भएको हो । शुक्रबार जिल्ला प्रशासन कार्यालय पाल्पामा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षतामा बसेको सडक सुरक्षा समितिको बैंठकले निर्माण व्यवसायीबाट निर्माण कार्यका लागि सडक बन्द गरेर सहज गरिदिन आग्रह गरे बमोजिम दुवै सडक खण्ड निश्चित समयका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बैंठकले तानसेन –रानीमहल सडक खण्ड अन्तर्गत अवल– रानीमहल खण्डमा सडक ढलान तथा मर्मत कार्यका लागि २०८० माघ १७ गतेदेखि २०८० चैत ५ गतेसम्मका लागि पूर्ण रूपमा २४ सै घण्टा सडक बन्द गर्ने बताएको छ । निर्माण व्यवसायी गह्रौकाली कन्स्ट्रसन प्रा. लिले निर्माण कार्य गरिरहेको सो क्षेत्रमा सडक अत्यन्तै साघुँरो रहेकाले ढलान तथा मर्मत कार्य गर्दा सवारी आवतजावत गर्न जोखिम हुने भएकाले सवारी आवागमन बन्द गरी कार्य गर्नका लागि सहजीकरण गर्न सडक पूर्वाधार विकास कार्यालय, पाल्पालाई आग्रह गरेको थियो ।

यस्तै आर्यभञ्ज्याङ्ग –रामपुर सडक खण्ड अन्तर्गत हुमिन – ताहुँ (ताहुँ देउराली) खण्डमा सडकमा स्तरोन्नती तथा मर्मत कार्यका लागि २०८० माघ १७ गतेदेखि २०८० फागुन १६ गतेसम्मका लागि सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी काफ्लेले बताए । निर्माण व्यवसायी दिव्यज्योती कन्स्ट्रक्सन प्रा.लि.ले निर्माण कार्य गरिरहेको ताहुँ देउराली क्षेत्रमा सडक अत्यन्तै साघुँरो रहेकाले ढुङ्गा/माटो कटिङ्गको कार्य गर्दा दुर्घटना हुन सक्ने जोखिम अत्यधिक रहेकाले सवारी आवागमन बन्द गरी कार्य गर्नका लागि सडक कार्यालयलाई आग्रह गरेको थियो । सो आग्रह अनुसार सडक सुरक्षा समितिले दैनिक बिहान १०ः३० बजेदेखि दिँउसो ३ः३० बजेसम्मका लागि सडक बन्द गर्ने निर्णय गरेको हो । सो समयमा एम्बुलेन्स, शववाहन, दमकल जस्ता अत्यावश्यक सवारी साधन सञ्चालनमा अवरोध नहुने गरी कार्य गर्न बैठकले निर्माण व्यवसायीलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?