ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

छैटौ संजिवनी फुटबल प्रतियोगिताको तयारी पुरा

समाजसेवी स्व. डिम बहादुर गुरुङको परिवारबाट प्रथम र दोस्रो पुरस्कार प्रायोजन गर्ने छोरी श्रीमाया गुरुङले बताईन ।
१३ माघ २०८०, शनिबार
१३ माघ २०८०, शनिबार

बुटवल, १३ माघ । ग्रामिण भेगमा खेल विकास र युवा खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ स्व.डिम वहादुर गुरुङको स्मृतिमा छैटौ संजिवनी नकआउट फुटबल प्रतियोगिता–२०८० हुने भएको छ । शहिदहरुको सम्झनामा प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य प्रवद्र्धक, तिलोत्तमा नगरपालिका संरक्षक तथा सन्जिवनी युवा क्लवको आयोजनामा माघ १६ गते हुने भएको हो ।

शनिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष अर्जुन केसी (हापु) ले बताए । प्रतियोगितालाई स्व.गुरुङकी छोरा डम्बर बहादुर गुरुङ, छोरी श्रीमाया गुरुङ, छोराहरु रन बहादुर गुरुङ र चित्र बहादुर गुरुङबाट प्रथम र द्घितिय पुरस्कार प्रायोजन भएको उनले बताए । विजेता टिमले प्रथम १ लाख ११ हजार १ सय रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिम ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत रुपमा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए ।

यसैबिच प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कार प्रायोजन गर्नुभएका श्रीमाया गुरुङले यस क्षेत्रमा बुबाको योगदान नया पुस्ताबाट पनि उदाहरण बनोस र स्मरणमा रहोस भन्ने भावनाका साथ सहयोग गरेको बताईन ।

कार्यक्रम रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले जिल्लामा भएका खेल गतिविधिकै कारण उर्वरभुमिका रुपमा चिनिएको बताए । जिल्लाका हरेक कार्यक्रमहरुलाइ निरन्तर संघको सहयोग हुने प्रतिवद्घता जनाए । खेलमा खेलभावनाबाट शुरुवात गर्न जरुरी रहेको भन्दै उनले जिल्लामा १६ वटा क्लबहरु दर्ता भएका छन भने यसबाहेक धेरै क्लबहरु क्रियाशिल रहेका छन । उनिहरुलाई अपनत्व दिने गरि विभिन्न गतिविधिहरु संचालन गर्दै आएको उनले बताए । लिग संचालनको मुख्य उदेश्य रेलिगेन र प्रमोसनको भावना भएको उनले बताए । विश्वसंग जोडिने, सम्बन्ध बिस्तारको भावना खेलकुदबाट विकास हुने उनले बताए । खेलकुदलाई आर्थिक महत्वपूर्ण पाटो भएको भन्दै सहयोग गर्ने दाताको भुमिकालाई कदर गर्न जरुरी रहेको उनले बताए ।

तिलोत्तमा नगरपालिका वडा न १४ बाग्धुरा, देविनगर स्थित खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाहरुबाट १२ टिमले भाग लिने खेल संयोजक खिम बहादुर थापाले बताए। जसमा साबिक विजेता डिएमसी तुल्सीपुर सहित आहान एफसी, अमुवा एफसी, फर्साटिकर एफसी, देवदह ब्यायज, नवयुवा खेलकुद तथा सास्कृतिक ठुठिपिपल, जनज्योति युवा क्लब, समपुर्ण युवा क्लब सुपौली, झरना एफसी, लिस्नु एफसी, संजिवनी युवा क्लब बाग्दुरा, न्यु सिर्जना एफसी करौजिया रहेका छन। ८ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।

कार्यक्रम स्वर्गीय डिम बहादुर गुरुङको जिवनीबारे प्रकाश पार्दै क्लबका संस्थापक अध्यक्ष गोबिन्द केसीले पर्वतमा जन्मेपनि कर्मथलो रुपन्देहीको टिकुलीगढलाई बनाएका गुरुङको यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान रहेको बताए । तत्कालिन समयमा यस क्षेत्रको अभिभावकको रुपमा रहेर प्रधानपंच, उपपंच, भैलभुजको अध्यक्ष, विद्यालय स्थापना, सामाजिक धेरै विकासमा योगदान दिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?