ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

सुचना, संचार प्रविधि शिक्षण सहज गराउन विज्ञान कार्यशाला

१२ माघ २०८०, शुक्रबार
१२ माघ २०८०, शुक्रबार

बुटवल, १२ माघ । विद्यालय तहको विज्ञान तथा प्रविधी विषयमा समाबेश गरिएको सुचना तथा संचार प्रविधि एकाई अन्तर्गतका विषयबस्तु शिक्षण सहज गराउने उद्येश्यका साथ रुपन्देहीमा विज्ञान कार्यशाला सम्पन्न भएको छ । जिल्लाका विज्ञान शिक्षकहरुको सहभागितामा विज्ञान शिक्षक समाज रुपन्देहीको आयोजनामा कालिका मानवज्ञान माविमा एक दिने कार्यशाला गरिएको हो ।

कार्यक्रमको उदघाटन गर्दै कालिका मानवज्ञान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानद ज्ञवालीले शिक्षक सिकाईलाई निरन्तर अघि बढाउन विद्यालयबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । विज्ञान विषयमा समावेश गरिएको सुचना तथा संचार प्रविधि सम्बन्धि विषयवस्तु सबै विषय शिक्षणका लागि उत्तिकै महत्वपूर्ण हुने भन्दै शिक्षकहरुबाट नै गरिएको महत्वपूर्ण कार्यलाई प्रशंसा गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले यो विषयवस्तुलाई सरल, सहज र व्यवहारिक बनाउने जिम्मेवारी विज्ञान शिक्षकको काँधमा रहेको बताए । सुचना तथा संचार प्रविधि सम्बन्धि विषयवस्तु शिक्षणलाई सहज बनाउने गरि अन्तरक्रिया गर्दै निचोड निकाल्न उनले सुझाव दिए ।

विद्यालय तहको विज्ञान तथा प्रविधी विषयमा समाबेश गरिएको सुचना तथा संचार प्रविधि एकाई अन्तर्गतका विषयबस्तुहरुमा विज्ञान शिक्षकहरुमा देखा परेका अन्यौलता र आगामी एसईई परीक्षालाई लक्षित गरेर विभिन्न बिषयबस्तुमा छलफल भएको समाजका रुपन्देही जिल्ला अध्यक्ष दिपक बन्जाडेले बताए । विकास शिक्षकहरुको साझा संगठन विज्ञान शिक्षक समाजले विज्ञान शिक्षकको क्षमता अभिवृद्धि र शिक्षण अनुभव आदानप्रदानको लागि कार्यशाला आयोजना गरिएको र भविष्यमा सरोकारवाला अन्य सबै निकायहरुसँग सहकारी गरि यस्ता कार्यक्रम निरन्तर दिने उनले बताए ।

कार्यशालाको सहजीकरण कम्प्युटर शिक्षक शेखर पौडेल र विज्ञान तथा प्रविधि पाठ्यपुस्तकका लेखक चिन्तामणि पन्थीले गरेका थिए । कार्यशालामा सुचना तथा संचार प्रविधि शिक्षणका समसामयिक मुद्धा, चुनौती, शिक्षण विधि र मुल्यांकनका विभिन्न पक्षहरुमा छलफल गरिएको थियो । कार्यशालामा रुपन्देहीका १६ पालिकाका ७० जना विज्ञान शिक्षकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?