ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

कालिकापथको रात्रीकालिन बजारलाई स्थाईत्व दिनुपर्ने सुझाव

पाचौ सडक खाना महोत्सव सम्पन गर्ने सहयोगी संस्थाहरुलाई सम्मान गरिएको छ ।
१२ माघ २०८०, शुक्रबार
१२ माघ २०८०, शुक्रबार

बुटवल, १२ माघ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ, रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न पाचौ सडक खाना महोत्सव सम्पन्न गर्न आर्थिक, भौतिक रुपमा सहयोग गर्ने सहयोगदाता, उपसमिति, टोल विकास संस्थाहरुलाई सम्मान गरिएको छ । शुक्रबार संघको सभाहलमा भएको सम्मान तथा स्वागत कार्यक्रममा संस्थाहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको हो ।

कार्यक्रममा संघका संस्थापक सचिव माधव प्रसाद नेपालले बुटवल पवित्र धार्मिक, सास्कृतिक भुमिका साथै पर्यटनको प्रशस्त सम्भावना बोकेको क्षेत्र भएको बताए । बटौली प्राकृतिक र सम्पदाले भरिपुर्ण स्थल भएको भन्दै यसलाई उजगार गर्दै अघि बढाएर पर्यटनबाट आर्थिक समृद्धि सम्भव रहेको उनले बताए । बटौली सबै सम्पदाको भरिपुर्ण क्षेत्र भएको हुदा पनि यहाँ पर्यटनको सम्भावना रहेको उनले बताए । आर्थिक राजधानीको रुपमा विकास हुँदै गरेको बुटवललाई थप बल दिने गरि रचनात्मक गतिविधिलाई जोड दिएर अघि बढाउन समेत सुझाव दिए । सडकमा दुईपाग्रे सवारीलाई मोडिफाई गर्ने युवाहरुबाट समाजलाई अराजकता जन्माउदा यसले अपराधिक गतिविधि बढाउन सक्ने भन्दै रोक्ने गरि सुरक्षा निकाय लाग्नुपर्ने बताए। तीन तहकै सरकारबाट बजेट छरिएर भन्दा पनि एकीकृत रुपमा लाग्नुपर्ने सुझाव दिए । नुवाकोटबाट बसन्तपुर जोड्ने गरि केबलकार चलाउन सके यसले यहाको पर्यटनमा ठूलो टेवा मिल्ने उनले बताए । पर्यटन प्रवर्द्धन विशाल उद्योग भएको हुदा पनि यसमा फल लाग्न लामोसमय लाग्ने उनले बताए । होटल महत्वपूर्ण र खतरापूर्ण पेशा भएको उनले बताए । कालिकापथको सडक महोत्सवलाई स्थाईत्व दिने गरि अघि लैजानुपर्ने उनले बताए । कमिकमजोरी हटाएर अघि बढ्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा बुटवल उपमहानगर सावित्रादेवि अर्यालले ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितलाई स्वागत तथा सम्मान गर्दै बुटवलमा सुरक्षा चुनौती मुख्य समस्या भएको बताईन ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले देशको आर्थिक समस्यामा होटल ब्यवसायीमा समेत परेको बताए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले संघसंस्थाहरु बिच सम्बन्ध सुमधुर र बिस्तार गर्ने गरि स्वागत, सम्मान संस्कारका रुपमा विकास भएको बताए । युवा विदेश पलायनको वर्तमान अवस्थालाई रोक्न विकल्प आवश्यक रहेको उनले बताए । स्वरोजगारमा योगदान दिएको ठूलो लगानी रहेको पर्यटन उद्योग नै जोखिममा परेको उनले बताए । यसलाई बचाउने विषयमा सरकार, सरोकारवाला सबै एकठाउ उभिएर सोच्नुपर्ने अवस्था आएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ९ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठले आफ्नो वडालाई पर्यटन विकासका रुपमा अघि बढाउनु सकारात्मक भएको बताए । स्थानिय वडा कार्यालयबाट समन्वयकारी भुमिका खेल्ने टोल विकास संस्थाबाट महत्वपुर्ण सहभागी रहेको उनले बताए । टोल विकासबाट भेषभुषा, कला, संस्कृति पस्किने गरि सधै उत्कृष्ट सहभागिता रहदै आएको उनले बताए । पर्यटन भुलाउने गरि योजनाहरु ल्याउने र संरचना अघि बढाउन जरुरी रहेको उनले बताए । रात्रिकालिन होटलमात्र नभई सबै पसलहरु खोल्ने गरि ब्यवस्था गर्न उनले आग्रह गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक विजयराज पण्डित, संस्थाका प्रमुख सल्लाहकार तथा होटल ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोदनाथ बेल्बासे, प्रमुख सल्लाहकार महेन्द्र श्रेष्ठ, प्रेस युनियन नेपाल, रुपन्देही शाखाका सभापति कबिन्द्र नेपाल, सल्लाहकार लिलाधर बस्याल, कानुनी सल्लाहकार सालिकराम बन्जाडे, संघका महासचिव अर्जुन थापाले समुदायको सहकार्य विकासका हरेक कार्य सफल हुने तर्क दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?