ट्रेंडिंग:

>> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच

देवदहमा प्रथम राष्ट्रपति रनिङशिल्ड सुरु

१२ माघ २०८०, शुक्रबार
१२ माघ २०८०, शुक्रबार

देवदह, १२ माघ ।

रुपन्देहीको देवदहमा अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता–२०८० शुरु भएको छ । ३ दिन सम्म चल्ने प्रतियोगिताको एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरे ।

देवदह नगरपालिकाको आयोजना र देवदह माध्यमिक विद्यालयको व्यवस्थापनमा अन्तर विद्यालय स्तरीय प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिता–२०८० शुरु भएको हो । प्रतियोगितामा देवदह क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत गरी २५ विद्यालयहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा छात्र÷छात्रा भलिवल, छात्र÷छात्रा कवड्डी, रिले दौड, कराँते लगायतका विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न टेवा पुग्ने बताए । उनले खेलाडीहरु राष्ट्रिय गहना भएकोले खेलाडीको संरक्षण संगै प्रोत्साहन गर्न स्थानीय तहले भूमिका खेल्नु पर्नेमा जोड दिए ।

उनले विद्यार्थीहरुमा रहेको प्रतिभा पहिचान गरेर उनीहरुलाई अगाडि बढउनको लागि स्थानीय तहले खेलकुद पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । पुर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले बौद्ध विश्वविद्यालय संचालन संगै देवदह क्षेत्र शैक्षिक हवको रुपमा अगाडि बढिरहेको बताए ।

उनले शिक्षा संगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप संग पनि जोडेर लैजान आवश्यक रहेको औल्याए । देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले खेलकूदकोृ विकासमा नगरपालिका अगाडि बढिरहेको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, सशस्त्र प्रहरी वलका बाहिनीपति दिपककुमार थापा लगायतले आ–आफना भनाई राखेका थिए । प्रतियोगिता शुरुहुनु भन्दा अगाडि प्रतियोगितामा सहभागिता जनाएका विद्यालयले मार्चपास प्रस्तुत गरेका थिए । नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग र इन्दिरा अर्यालले पनि आ–आफ्नो धारणा राखेका थिए ।

उद्घाटन खेलमा विभिन्न प्रतियोगिता सम्पन्न भएको छ । जस अन्तर्गत १५ सय मिटर छात्रा तर्फ भएको दौडमा जनप्रिय माविका उषा दर्लामी प्रथम, देवदह बुद्ध पव्लिकका अमृता हमाल द्वितिय, प्रगति माविका सपना नेपाली तृतीय र ज्ञान ज्योति माविका मिना तामाङ्ग सान्त्वना भएका छन् । यसैगरी छात्र तर्फको सोही खेलमा नारायणी पव्लिक स्कुलका शान्तराम परवान प्रथम, देवदह माविका सुभाष बराल द्वितिय, केरवानी माविका सविन घर्ती तृतीय र जनप्रिय माविका अभिषेक फाल सान्त्वना भएका छन् ।

यसैगरी प्रतियोगिता अन्तर्गत छात्रा तर्फ भएको सटफुट खेलमा न्यू नमुना स्कुलका प्रिंशा सिंजाली प्रथम, सगरमाथा स्कुलका कृष्टि पौडेल द्वितीय, जनप्रिय माविका खिमा खत्री तृतीय र सेभेन स्टार स्कुलका मेनुका चौधरी सान्त्वना भएका छन् । छात्र तर्फ भएको सोही खेलमा देवदह बुद्ध पव्लिक स्कुलका रविस सुनार प्रथम, सेभेनस्टार स्कुलका सुमन गुरुङ्ग द्वितिय, केरवानी माविका सुजन पटेल तृतीय र सगरमाथा आवासी माविका दिव्सन ठकुरी सान्त्वना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?