© २०२३
बुटवल, १२ माघ । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको २१ बर्षपछि पुनः आफ्नै लालपूर्जा प्राप्त गरेको छ । साविक जिल्ला पशु सेवा कार्यालय रहेको यो कार्यालयको वि.सं. २०५९ सालमा सन्धीखर्क आक्रमण हुँदा लालपूर्जा लगायतका कागजात नष्ट भएका थिए । यसरी कागजात नष्ट भएपछि स्थापना भएको विशेष नापी कार्यालयले पनि नाँपजाँच गरेपनि लालपूर्जा भने प्रदान गरेको थिए ।
कार्यालय प्रमुख अर्घाखाँचीका स्थानीय समेत रहेका विष्णु प्रसाद पौडेलको पहलबाट लामो समय देखि लालपूर्जा विहिन भएको कार्यालयको लालपुर्जा प्राप्त भएको छ । विगत ३ महिना देखि लालपुर्जाको लागि पहल गर्दै आएका कार्यालय प्रमुख पौडेलले केही दिन पहिला मात्रै जिल्ला मालपोत कार्यालय अर्घाखाँचीबाट लालपूर्जा प्राप्त गर्न सफल भएको जानकारी दिए । कार्यालय भवन सहित १० रोपनी क्षेत्रफल रहेको यो कार्यालय को २१ बर्ष सम्म लालपूर्जा विहिन भएको थियो । कार्यालय प्रमुख पौडेलले बुटवल टुडे संगको कुराकानीमा भने–‘लामो समयदेखि लालपूर्जा निस्सा विहिन भएको कार्यालयको स्थानीयहरूको सहभागीतामा सर्जिविन गरेर उहाँहरूको रोहवरमा लालपूर्जा प्राप्त गर्न सफल भएका हौ । ’
लालपुर्जा प्राप्तीका लागि स्थानीय वडा कार्यालय, नगरपालिका र मालपोत कार्यालयबाट समेत सहयोग प्राप्त भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । लालपुर्जा विहिन भएको कार्यालयको मालपोतकर लगायतका दैनिक प्रशासनीक काममासमेत बाधा हुदै आएको थियो । यो भन्दा पहिला जिल्ला पशु सेवा कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुखहरूले समेत लालपुर्जाका लागि पहल नगरेको पाइएको थियो । अर्घाखाँचीकै स्थानीय बासीन्दा समेत भएका हाल का कार्यालय प्रमुख पौडेल ले यसमा पहल गरेका हुन ।