© २०२३
बुटवल, ११ माघ । रुपन्देहीमा विशेषज्ञ चिकित्सा सेवा दिदै आएको चौराह हस्पिटल प्रालिले वृहत निशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श कार्यक्रम गरिएको छ । समुदायमा स्वास्थ्य सचेतना जगाउने उदेश्यका साथ अस्पतालमा मधुमेह, थाईराईड र दन्त रोगको ३ दिने निशुल्क परिक्षण तथा परामर्श कार्यक्रम गरिएको हो ।
विहिबार अस्पतालमा दन्त रोग सम्बन्धि ७२ जना, मधुमेहका ४ सय २९ जना र थाईराइडका ४ सय ८२ जनाले परिक्षण गरेको अस्पतालका सुचना अधिकारी जनक कुँवरले बताए । सेवाग्राहीहरुले दात, मुख र गिजाको अवस्था परिक्षण गर्ने, दातको सुरक्षाको विषयमा विशेषज्ञ चिकित्सकबाट सचेतना र परामर्श दिईएको उनले बताए । विहिबार ओपिडिमा फिजिसियनबाट ४९ जनाको निशुल्क स्वस्थ्य जाच र परामर्श लिएका छन । अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा सरोज थापा र दन्तरोग विशेषज्ञ डा सम्झना खनालले सेवा दिएका थिए । विहिबार परिक्षणको रिर्पोटको आधारमा बिरामीहरुलाई विशेषज्ञ चिकित्सकहरुबाट परामर्श दिईने उनले बताए ।
अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले सामाजिक उत्तरदायित्व अन्तरगत वर्षेभरि नै कार्यक्रम गर्दै आएको बताए । ‘ विगत २ वर्षदेखि अस्पतालमा प्रत्येक विहिबार निशुल्क मधुमेहको परिक्षण सेवा दिदै आएका छौ ।’—उनले भने । यसैगरि लुम्बिनी प्रदेशका बिकट क्षेत्रहरुमा समुदायमै पुगेर स्वास्थ्य शिविरहरुबाट सेवा दिदै आएको उनले बताए । समुदायमा अझै पनि रोग लुकाउने गरिदा दीर्घकालमा भने यसले ठुलो क्षति गर्ने उनले बताए । ग्रामिण भेगका मानिसहरुलाई अस्पतालको पहुचसम्म ल्याउने अभियानका रुपमा समेत कार्यक्रम गर्दै आएको उनले दाबी गरे । तिलोत्तमा, बुटवल, सैनामैना लगायतका ६ सय जनाको निशुल्क परिक्षण गरिएको छ ।