ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

राष्ट्रपति रनिङ शिल्ड : कुंवरवर्ती चौथोपटक च्याम्पियन, जनज्योति दोस्रो

१० माघ २०८०, बुधबार
१० माघ २०८०, बुधबार

तिलोत्तमा,१० माघ । तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको पांचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा तिलोत्तमा ८ को कुंवरवर्ती बोर्डिङ हाइ स्कूल प्रथम भएको छ । नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयले भाग लिएको प्रतियोगितामा १२ स्वर्ण,१२ रजत र ३ कास्य पदक सहित कुंवरवर्ती प्रथम भएको हो ।

योपटक सहित कुंवरवर्ती नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा लगातार चारपटक च्याम्पियन बन्न सफल भएको हो । यसअघि कुंवरवर्तीले दोस्रो,तेस्रो र चौथो संस्करणको रनिङ शिल्ड जितेको थियो । विद्यालयले विद्यार्थीको शैक्षिक गुणस्तरसंगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिएर लगानी गरेको प्रतिफलस्वरुप लगातार चारपटक रनिङ शिल्ड जित्न सफल भएको कुंवरवर्तीका प्रिन्सिपल दीपक खनालले बताए ।
तिलोत्तमा–४, डिङ्गरनगर स्थित जनज्योती क्लबको खेल मैदानमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जनज्योति मावि डिंगरनगर ११ स्वर्ण,४ रजत र २ कास्य पदक जित्दै दोस्रो भएको छ । प्रतियोगितामा शान्ति नमूना मावि ८ स्वर्ण,४ रजत र २ कास्य पदकसहित तेस्रो भएको छ । प्रथम,दोस्रो र तेस्रो भएका विद्यालयले क्रमशः ३०,२० र १० हजार नगद पुरस्कार पाएका छन् ।

विद्यालयस्तरमा रहेका खेल प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगरपालिकाका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । प्रतियोगितामा छात्रा तथा छात्राहरुबीच भलिबल, कबड्डी, एल्लेटिक्स, कराँते र तेक्वान्दो लगायतका इभेन्टमा ५२ स्वर्ण पदकमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा १४ सय विद्यार्थीको सहभागिता रहेको थियो ।

विजयी विद्यालय र खेलाडीहरुलाई नगरप्रमुख रामकृष्ण खांण लगायतले शिल्ड, मेडल र प्रमाणपत्रसहित पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?