© २०२३
अर्घाखाँची, १० माघ ।
अर्घाखाँची जिल्लामा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १४ गतेदेखि हुने भएको छ । जिल्लाको रनिङ्गशिल्ड व्यवस्थापन तथा तथा निर्देशन सल्लाकार समितिको बैठकले गरेको निर्णय अनुसार माघ १४, १५ र १६ गतेसम्म सञ्चालन गर्ने जिल्ला खेलकुद विकास समितीका अध्यक्ष विष्णु क्षेत्रीले बताए ।
६ स्थानिय तह रहेको अर्घाखाँचीमा पालिकास्तरमा छनोट प्रक्रिया सकिएको छ । सन्धिखर्क, शितगंगा, भुमिकास्थान नगरपालिका, पाणिनी, छत्रदेव र मालारानी गाउँपालिकास्तरमा छनोट प्रक्रिया सम्पन्न भएसँगै उत्कृष्ट खेलाडीहरु जिल्लास्तरिय खेलमा सहभागी हुनेछन् । खेलको पर्यटन राज्यमन्त्री शुशिला श्रीपालीले उद्घाटन गर्ने जिल्ला खेलकुद विकास समिती अर्घाखाँचीले जनाएको छ ।