© २०२३
काठमाडौँ ।
नेपाली युवा टोलीले आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानसामु १ सय ९८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा १ सय ९७ रनको योगफल तयार पारेको हो। नेपालले २५ रन अतिरिक्त पाएको थियो।
आकाश चन्द रन १६ रनमा नटआउट रहे। आकाशले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे।
ओपनर विपिन रावलले बनाएको ३९ रन नै नेपालका लागि सर्वाधिक रह्यो। ६८ बलमा ४ चौका र १ छक्का मद्धतमा ३९ रन बनाउँदा विपिन अहमद हुसैनको बलमा बोल्ड आउट भए।
दिपक डुम्रे २६ रन थप्दै पवेलियन फर्के। सुवास भण्डारी २० रनमा क्याच आउट भए।
कप्तान देव खनाल २३ रन बनाउँदा क्याच आउट भए। ३७ बलमा ३ चौका हानेका देव लामो सट खेल्ने धुनमा हुँदा अलि अस्फाँदको बलमा क्याच आउट भए।
दिपेश कँडेल १३ रनमा बोल्ड आउट भए। ओपनर अर्जुन कुमाल ६ रन बनाएर पवेलियन फर्के। पाचौं ओभरको दोस्रो बलमा अर्जुन १२ बलमा ६ रन बनाउँदा अहमद हुसैनको बलमा बोल्ड आउट भए।
सातौं ओभरको पाँचौ बलमा आकाश त्रिपाठी ६ रनमा नै क्याच आउट भए। १० बलमा १ चौका हानेका आकाश मोहम्मद हुसैन कै बलमा क्याच आउट हुन पुगे।
उत्तम मगर ४ रन बनाउँदा अरफत मिनहासको बलमा अलि अस्फन्दको हातबाट क्याच आउट भए। ४७ बलमा १० रन बनाएका गुल्सन लामो सट खेल्ने प्रयासमा क्याच आउट भए।
पािकस्तानविरुद्ध मध्यक्रमका ब्याटर चल्न सकेनन्। पावर प्लेमा नेपालले २ विकेट गुमाएर ५५ रन बनाएको थियो।
एक समय १७.१ ओभरमा ०–३ को अवस्थामा रहेको नेपालले १ सय रन पूरा गर्न २ विकेट गुमाउँदै ७ बल खर्चियो।
अरफात मिनहासले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २३ रन दिदा २ मेडन राखे। अहमद हुसैनले २ विकेट झारे। अलि अस्फद, खुबैव अली र अलि अस्फदले समान १ विकेट लिए।
पाकिस्तानका लागि अरफात मिनहासले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा २३ रन दिदा २ मेडन राखे। अहमद हुसैन र उबैद शाहले समान २ विकेट झारे। अलि अस्फद, खुबैव अली र अलि अस्फदले समान १ विकेट लिए।