© २०२३
आज मिति २०८० साल माघ १२ गते शुक्रबार। तदनुसार सन् २०२४ जनवरी २६ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४५। माघ कृष्णपक्ष प्रतिपदा तिथि , तिष्य नक्षत्र । उत्पात योग। बालब करण। कर्कट राशीमा चन्द्रमा ।
काठमाडौंमा सूर्योदयः प्रातः ६.५६ / सूर्यास्तः १७.३८ बजे ।
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
योजना कार्यान्वयन गर्न उत्तम समय रहेको छ। व्यापारमा लाभ हुनेछ। रोजगारीको पदोन्नति हुन सक्ला। पिताको तर्फबाट विशेष लाभ हुनेछ। परिवारमा आनन्द र उत्साहको वातावरण रहनेछ। घरायसी मेलमिलाप हुन सक्ला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कामको उचित प्रतिफल पाउदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको दिन लाभदायक साबित हुनेछ। साथी र आफन्तसँग मिलेर उत्तम भोजनको मज्जा लिनुहुनेछ। आर्थिक लाभ हुनुको साथै कैयौँ ठाउँबाट उपहार प्राप्त गर्नुहुनेछ। सबैसँग रमाईलो क्षण बिताउनुहुनेछ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
मनमा शंका र दुविधाको कारण निर्णय गर्न गाह्रो हुनेछ। विशेष रूपले परिवारको सदस्यसँग मनमुटावको प्रसंग बन्नाले मन उदास रहनेछ। आमाको स्वास्थ्य चिन्ताको कारण बन्नेछ। पैसा खर्च हुनेछ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
जीवनसाथीसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्नेछ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा राय बाजिनेछ । विद्यार्थीहरुका लागी दिन फलदायि रहनेछ ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
आफन्त भनिएकाहरुले कार्यमा बाधा उत्पन्न गर्नेछन् । रोजगार–व्यवसायको क्षेत्रमा प्रतिस्पर्धी वातावरण रहनेछ। नयाँ काम गर्न प्रेरित हुनु हुनेछ। बौद्धिक र लेखन कार्यको लागि शुभ दिन रहला।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाठो कसिलो भएर जानेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
तपाईले दिन सावधानीपूर्वक बिताउनु पर्ने हुन्छ। नयाँ कामको थालनी नगर्नुहोला। क्रोधावेश र अनैतिक आचरणले कठिनाईमा पुर्याउन सक्ला। समयमा नै भोजन नमिल्दा दिन खल्लो जस्तो अनुभुति हुनेछ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
लेखन कार्यको लागि शुभ दिन रहेको छ । मनोरन्जन, भ्रमण, साथीसँग भेटघाट , सुन्दर खाना र लुगा, विपरीतलिंगी व्यक्तिसँग निकट हुनाले दिन रमाइलो र रोमाञ्चक रहनेछ । जीवनसाथीसँगको सम्बन्ध घनिष्ठ रहनेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । बिभिन्न भौतिक तथा बिलासी बस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउँन सकिनेछ । पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
तपाई सन्तान र स्वाथ्यको विषयमा चिन्तित रहनुहुनेछ। विचार परिवर्तन हुनाले मानसिक स्थिरतामा बाधा उत्पन्न गर्नेछ। नयाँ कार्य आरम्भ नगर्नु नै फाईदाजनक साबित हुनेछ। यात्रामा कैयौँ कठिनाइ हुन सक्ला।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
शारीरिक तथा मानसिक भय रहनेछ । कुटुम्बसँग वाद –विवाद हुनेछ। आमाको स्वास्थ्य खराब हुन सक्ला। अनावश्यक घटनाहरूले उत्साहमा कमी ल्याउनेछ । विशेषगरी गरेको लगानीबाट संतोषजनक फाइदा नहोला ।
लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी