ट्रेंडिंग:

>> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने
जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता

मणिमुकुन्द र न्यु होराईजनलाई उपाधि

९ माघ २०८०, मंगलवार
९ माघ २०८०, मंगलवार

बुटवल, ९ माघ । रुपन्देहीमा सम्पन्न जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिताको छात्रतर्फ मणिमुकुन्द र छात्रातर्फ न्यु होराईजनले उपाधि चुमेको छ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान), रुपन्देहीको आयोजनामा सिद्धार्थ बोर्डिङ स्कुल खेल मैदानमा भएको छात्र भलिबल प्रतियोगिताको फाईनलमा न्यु होराईजन बोर्डिङ स्कुललाई २–१ को सेटले पराजित गर्दै मणिमुकुन्दले उपाधि हात पारेको हो । उपाधिसंग मणिमुकुन्दले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता न्यु होराईजन भने १० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा सेन्ट जोसेफ तेस्रो हुदै नगद ५ हजार, कपबाट पुरस्कृत भएको छ । प्रतियोगितामा मणिमुकुन्दका राज खवास बेष्ट डिफेन्स, यमन थापा बेष्ट सेटर, नबिन भण्डारी बेष्ट ब्लकर, होराईजनका रोहित केसी बेष्ट सर्भर, बेष्ट स्पाईक होराईजनका सागर रसाईली तथा मणिमुकुन्दका दिपेन्द्र रायमाझी बेष्ट प्लेयरबाट पुरस्कृत भए ।

यसैगरि छात्रा भलिबल प्रतियोगिताको उपाधि भने न्यु होराईजन माबिले हात पारेको छ । मंगलबार भएको फाईनल खेलमा एभरेस्ट बोर्डिङ स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै न्यु होराईजनले उपाधि हात पारेको हो । उपाधिसंगै होराईजन नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता एभरेष्ट नगद १० हजार, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा कुवरवर्ती माबि तेस्रो हुँदै नगद ५ हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत भयो । प्रतियोगितामा कुवरवर्तिकी दिपा आले बेष्ट डिफेन्स, होराईजनकी उषा रजाईली बेष्ट सेटर, एभरेष्टकी अनुसा चौधरी बेष्ट स्पाईकर, होराईजनकी एलिया चौधरी बेष्ट सर्भर, कुवरवर्तीकी रिचा थापा बेष्ट ब्लकर र होराईजनका बेष्ट प्लेयर संचिता चौधरी भईन ।

एक समारोहका बिच हिसान केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय, पुर्व जिशिअ टेक बहादुर थापा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसानका सल्लाहकार टुक बहादुर क्षेत्री, हिसानका जिल्ला अध्यक्ष दिनेश भुषाल, सचिव बाबुराम बन्जाडेले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ ९ टिमले प्रतिस्प्रर्धा गरेका थिए ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?