© २०२३
बुटवल, ८ माघ । तिलोत्तमामा जारी जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता अन्तरगत छात्रा भलिबलमा एभरेष्ट ईगलिस बोर्डिङ स्कुल र न्यु होराईजन बोर्डिङ स्कुल फाईनलमा प्रवेश गरेका छन । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान), रुपन्देहीको आयोजनामा सोमबार भएको पहिलो सेमीफाईनल खेलमा एभरेष्टले बुद्ध पब्लिक र दोस्रो सेमीफाईनलमा न्यु होराईजनले कुवरवर्तीलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन ।
फाईनल खेल मंगलबार हुने छ । बुद्ध पब्लिक स्कुललाई पराजित गर्दै कुवरवर्ती ईगलिस बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गरेको छ ।
हिसानका जिल्ला सचिव बाबुराम बन्जाडेले दोस्रो दिन छात्रतर्फको पहिलो चरणको खेलहरु सकिएको बताए । प्रतियोगितामा छात्र÷छात्रा दुबै टिमको प्रथम टिम नगद १५ हजार रुपैया, द्घितिय टिम १० हजार र तृतिय टिमले नगद ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । छात्रको १४ र छात्राको ९ वटा टिमले भाग लिएको भलिबल प्रतियोगिताका संयोजक याम बहादुर रानाले बताए ।