© २०२३
बुटवल, ८ माघ । लन टेनिस खेलाडी तथा रुपन्देहीमा निरन्तर खेल विकासमा लागेका युवा संजय प्रकाश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय लुम्बिनी प्रदेश टेनिस संघ गठन भएको छ । बुटवलमा सोमबार भएको प्रथम सम्मेलनबाट उपाध्यक्षमा मनोज कुमार बस्नेत, सचिव गोपाल ज्ञवाली, कोषाध्यक्ष सागर थापा, सदस्यमा डा. प्रकाश बस्नेत, दया शिवाकोटी शाह सर्वसम्मत चयन भएका छन ।
यसैगरि संघको पहिलो बैठकबाट चोम बिक्रम शाह (सुनिल) लाई बिधान सम्मत उपाध्यक्षमा मनोनित गरेको नवनिर्वाचित अध्यक्ष संजय प्रकाश श्रेष्ठले बताए ।
एक कार्यक्रमका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले कार्यक्रमको समुद्घाटन गर्दै सबै सरोकारवालाहरु साझा अधिकार सुचिमा रहेको खेलकुदलाई बुझेर सहकार्यसहितको गन्त्व्य बनाएर अघि बढ्नुपर्ने बताए । ‘खेलकुदलाई साझा अधिकारको सुचिमा पर्छ ।’— उनले भने । खेलकुद अतिरिक्त क्रियाकलाप कहिलै नहुने तर्क दिदै उनले यो अनिवार्य विधा भएको दाबी गरे । संयुक्त राष्ट्र संघले खेलकुदलाई शान्ति र विकासको रुपमा परिचय दिएको उदाहरण दिदै खेलकुद खल्ने, रमाउने मात्र नभई नाम र दाम कमाउने क्षेत्रका रुपमा स्थापित भएको उनले बताए । खेल खेलेर बाच्न सक्ने अवस्था सृजना हुने गरि अभियानमा प्रदेश अघि बढेको उनले दाबी गरे । न्युनतम पाच जिल्ला समेटेर प्रदेश गठन हुने प्रावधान रहेको भएपनि विशेष खेलका रुपमा गठन भएको उनले बताए । केन्द्रमा २०७७ मा राष्ट्रिय खेलकुद ऐन, प्रदेशमा २०७८ मा ऐन र नियमावली बनेर कार्यान्वनसहित अघि बढेको उनले तर्क दिदै अझै पनि केही त्रुटि यसमा रहेको बताए । खेल स्कुल टु ओलम्पिकको रुपमा जोडिने हुदा खेलकुदमा स्वयत्त नहुने तर एउटा चेन अफ कमाण्डमा रहने उनले बताए । विश्वब्यापी रुपमा खेलका नियमहरु एउटै हुने उनले बताए । प्रदेश खेलकुद संचालन गर्न आवश्यक पर्ने कर्मचारीको सर्वेक्षण गरेर नीतिगत रुपमा अघि बढेको उनले बताए । राज्यको लगानी न्यून हुदा पनि रुपन्देहीमा खेल विकासमा सधै अग्रसर रहेको उनले बताए । खेलप्रतिको यस क्षेत्रका खेलप्रेमीहरुको लगावकै कारण छोटो समयमा खेलाडी उत्पादन र प्रतियोगिता गर्न सफल भएका छन ।
कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष राजु श्रेष्ठले लनटेनिस खेलमा काठमाडौ, पोखरापछि रुपन्देहीमा राम्रो विकास भईरहेको बताए । ग्रासरुट खेल विकासमा रुपन्देहीको योगदानबारे प्रकाश पार्दै निरन्तर अभ्यास र खेल विकासमा लाग्न सुझाव दिए ।
कार्यक्रममा पुर्व जिशिअ तथा नेपाल पौडी संघ, लुम्बिनी प्रदेशका अध्यक्ष टेक बहादुर थापाले खेललाई सरकारको प्राथमिकतामा पर्ने गरेको बताए । राणाकालिन समयमा पारिवारिक मनोरञ्जनका लागि खेलको सुरुवात भएको ईतिहास रहेको उनले बताए । लनटेनिस काठमाडौं केन्द्रीत खेलका रुपमा हुँदै छोटोसमयमा नै देशका मुख्य शहरहरुमा विकास भएको उनले दाबी गरे । तल्लो तहदेखि राष्ट्रियस्तरसम्म जोड्ने गरि अभियान शुरु भएको उनले बताए । लामोसमयदेखि रोकिएका खेलहरु अहिले लुम्बिनीमा शुरु भएको उनले बताए । बिस २०२८ सालको दरबन्दी २०४४ सालमा चलाउनु गलत भएको तर्क दिदै खेलकुदमा स्थानिय, प्रदेश र केन्द्रको समन्वयको अभाव देखिएको दुखेसो गरे ।
कार्यक्रममा रुपन्देही जिल्ला लनटेनिस संघका उपाध्यक्ष डा मनोज ढुगाना, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, सल्लाहकार अब्दुल सहमतले नया ढंगबाट संस्थालाई योजनाबद्ध रुपमा अघि बढाउनुपर्ने बताए ।
भिडियो सामग्री