ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु

रुपन्देही उद्योग संघको प्लाष्टिक वस्तुगत समिति संयोजकमा तिमिल्सिना

८ माघ २०८०, सोमबार
८ माघ २०८०, सोमबार

बुटवल ।

रुपन्देही उद्योग संघमा आवद्ध प्लाष्टिक उद्योगीहरुको सोमबार सम्न्नि भेलाले तेजनाथ तिमिल्लसिनाको संयोजकत्वमा प्लाष्टिक वस्तुगत समिति गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष दिलिप सापकोटाले उद्योगीहरुका समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले वस्तुगत समिति गठन गरिएको हुँदा त्यसलाई क्रियाशील बनाउन प्लाष्टिक उद्योगीहरुलाई आग्रह गरेका छन् । उनले संघको संस्थागत विकासमा वस्तुगत समितिहरुको सक्रियता र सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने हुँदा नियमित छलफल गरी कार्यक्रमहरु बनाउन सुझाव दिए ।

भेलाको अध्यक्षता गर्दै संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेले उद्योगीहरुले वस्तुगत समस्याहरुको पहिचानका लागि उद्योगीहरु आफै सक्रिय भएर लाग्नु जरुरी भएको बताउँदै वस्तुगत समिति संघको पिलरका रुपमा खडा हुनुपर्ने धारणा राखे । उनले वस्तुगत समिति गठनको उद्देश्य, काम कर्तव्य र अधिकारहरुको सबन्धमा जानकारी गराएका थिए ।

प्रथम उपाध्यक्ष काफ्लेको अध्यक्षता, महासचिव हिरामणी भट्टराईको संचालन तथा कोषाध्यक्ष युवराज आचार्यको धन्यवाद ज्ञापनमा सम्पन्न भेलाले त्रिनेत्र प्लाष्टिक उद्योगका तेजनाथ तिमिल्सिनाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

गठित समितिको सहसंयोजकमा नेशनल पि.भि.सी.बोर्ड इण्डष्ट्रिजका शोभाखर भुसाल, सचिवमा बिनित कसौधन र सदस्यहरुमा सत्यम पोलिमर्सका शिशिर पौडेल, एभरेष्ट एव्रासिभ एण्ड एलाइड इण्डष्ट्रिज (प्रा.) लि.का प्रदिप अधिकारी, इन्द्रेणी प्लाष्टिक उद्योगका धु्रव कोइराला, भुसाल केबल एण्ड वायर इण्डष्ट्रिज प्रा.लि.का अंमृत भुसाल, पूजा प्लाष्टिक इण्डष्ट्रिजका लोकनाथ भट्टराई, ग्लोबल फ्रेब्रिकेशन इण्डष्ट्रिजका बसन्त घिमिरे चयन भएका छन् ।

भेलाले समितिको सल्लाहकारमा संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्ले, महासचिव हिरामणी भट्टराई, कोषाध्यक्ष युवराज आचार्य, सचिव सु्मन बस्याल, कार्यसमिति सदस्य लालप्रसाद बस्याललाई चयन गरेको छ ।

नवगठित वस्तुगत समितिका संयोजक तेजनाथ तिमिल्सिनाले प्लाष्टिकका उद्योगीका समस्यालाई संघसँग सहकार्य गरी समाधानको लागि हर प्रसासरत रहने प्रतिवद्धता व्यक्त गरे । भेलामा

संघका महिला सचिव मञ्जु भुसाल, सहकोषाध्यक्ष विशाल बेलबासे, कार्यसमिति सदस्य प्रज्जवल थान्जुलगायतले उद्योगीका समस्याका बारेमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?