© २०२३
काठमाडौं,८ माघ । बागमती प्रदेशमा एकैपटक ११ सयभन्दा बढी कर्मचारीका लागि जागिर खुलेको छ ।
प्रदेश लोक सेवा आयोगले आज सूचना जारी गर्दै १ हजार १ सय १३ जना कर्मचारी माग गरेको हो।
प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी १ हजार १ सय १३ जना कर्मचारीका लागि आवेदन माग गरिएको छ।
विभ्रिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगले जनाएको छ। यी पदमा इच्छुक र योग्य नागरिकले यही माघ २८ गतेसम्म दरखास्त बुझाउने सक्नेछन्।
हेर्नुहोस् सूचना ः