ट्रेंडिंग:

>> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा
आईसीसी यू१९ विश्वकप

नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित

७ माघ २०८०, आईतवार
७ माघ २०८०, आईतवार

काठमाडौँ ।

आईसीसी यू१९ विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको छ। विश्वकपमा न्युजिल्यान्डविरुद्ध नेपालले पहिलो हार भोगेको हो। यसअघिका दुवै खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको थियो।

आइतबार भएको समुह डी को आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग हार भोग्दै विश्वकपको सुरुवात गरेको छ।

न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन बनायो।

नेपालका लागि अर्जुन कुमाल शतक बनाउनबाट चुके। नेपालले आठौं विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई गुमाएको थियो। १ सय ४ बलमा १२ चौका हानेका अर्जुन ३७.२ ओभरमा ९० रन बनाउँदा क्याच आउट भए।

न्युजिल्यान्डविरुद्ध अर्जुनले बनाएको ९० रन नै सर्वाधिक रह्यो।

कप्तान कप्तान देव खनाल ३६ रनमा क्याच आउट भए। ३४ बलमा ५ चौका र १ छक्का प्रहर गरेका देव क्याच आउट हुन पुगे।

सुरुआतमा नै २ विकेट गुमाएका नेपालका लागि तेस्रो विकेटका लागि कप्तान देव र ओपनर अर्जुन कुमालले ५९ रनको साझेदारी गरे। ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भए।

सुवास भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे। आकाश चन्दले १४ रन थपे।

आशा गरिएका कप्तान देव खनाल र अनुभवी अलराउण्डर गुल्सन झा आजको खेलमा चल्न सकेनन्। गैरजिम्मेवार ब्याटिङ गरेका देव र गुल्सन लामो सट खेल्ने धुनमा क्याच आउट हुन पुगे। गुल्सन झा २ रनमा क्याच आउट भए।

विकेट किपर उत्तम मगर शून्य रनमा आउट भए।

नेपाललाई रोक्न माट रोवेले ३ विकेट लिए। एवाल्ड ओस्कार ज्याक्सनले समान २ विकेट लिए। मासोन क्लार्क, ओस्कार ज्याक्सन, ज्याक कुमिन्सले एक एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको विशाल योगफल तयार पारेको थियो।

नेपालविरुद्ध स्नेहित रेड्डीले आक्रमक शतक पूरा गरे। उनले १ सय ६ बलमा ८ चौका र २ छक्का हान्दै शतक पूरा गरे। रेड्डी १ सय ४७ रनमा नटआउट रहे। १ सय २५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे।

चौथो विकेटका लागि ओस्कार र स्नेहित रेड्डीले १ सय ५७ रनको शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो।

आकाशले ४२ औं ओभरको पाँचौं बलमा कप्तान ओस्कारलाई ७५ रनमा बोल्ड गर्दै साझेदारी तोडेका हुन्। ओस्कारले ८१ बलमा ३ चौका र ५ छक्का हाने।

कप्तान ओस्कार ज्याक्सनले ७५ रन थपे। ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका ज्याक्सन आकाश त्रिपाठीको बलमा बोल्ड आउट भए। ओपनर टम जोन्स ३३ रनमा तिलक भण्डारीको बलमा बोल्ड आउट भए। अर्का ओपनर लुक वाटसन १४ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट हुँदै पवेलियन फर्के। एलेक्स थोम्पसन सुवास भण्डारी कै बलमा १३ रनमा बोल्ड आउट भए।

ओलिभर तेवाटिया शून्यमै आउट भए। जाक कुमिन्स गोल्डेन डकआउट भए। लच्लन स्टु्याकपोल डकआउट भए।

नेपालका लागि सुवास भण्डारीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ५३ रन खर्चे। गुल्सन झाले आफ्नो स्पेलमा ६१ रन खर्चेर २ विकेट लिए।

दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले समान एक विकेट आफ्नो नाममा गरे। तिलकले आफ्नो स्पेलमा ५० रन खर्चेर १ विकेट लिए।

नेपालले समूह चरणको दोस्रो खेलमा माघ १० गते पाकिस्तानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्ने तालिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?