© २०२३
बुटवल , ७ माघ । महिला र बालबालिकालाई विशेषज्ञ सेवा दिने गरि रुपन्देहीमा ओम महिला तथा बाल अस्पताल प्रालिको शुभारंभ भएको छ । तिलोत्तमा नगरपालिका वडा नं ४ स्थित ड्राईभर टोलमा निर्माण पुरा भई आईतबारदेखी अस्पताल औपचारिक शुभारम्भ भएको हो ।
अस्पतालको एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले समुद्घान गर्दै नगरकै गुणस्तरीय स्वस्थ्य सेवा थप भएको बताए । एउटा अस्पतालको सेवा तिलोत्तमा नगरको गरिमासंग जोडिने बताए ।
कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक कमला मल्ल हमालले सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरीहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता गर्ने उदेश्य सहित अस्पताल स्थापना गरिएको बताईन। अस्पतालमा २१ जना महिला र ४ जना पुरुष गरि २५ जना शेयर सदस्यहरुको करीब १० करोड रुपैया लगानीमा खोलिएको बताईन ।
कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा शर्मिला शर्मा १७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा सेवा दिने लक्ष्य रहेको बताईन । । ठूलो पालिकामा समेत सेवा लिन टाढा जानुपर्ने बिरामीहरुलाई लक्षित गरि अस्पताल खोलिएको बताईन ।