© २०२३
तिलोत्तमा,७ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार (भोलि) देखि पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु हुने भएको छ । तिलोत्तमा–४, डिङ्गरनगर स्थित जनज्योती क्लवको खेल मैदानमा प्रतियोगिता तीन दिनसम्म चल्ने छ । प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिने नगरपालिकाका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको हो । प्रतियोगितामा छात्रा तथा छात्राहरुबीच भलिबल, कबड्डी, एल्लेटिक्स, कराँते, तेकवान्दोतर्फ विभिन्न इभेन्टहरु हुने छन् । प्रतियोगिताका विजेतालाई यसवर्ष देखि क्रमशः ३०, २० र १० हजार नगद पुरस्कार प्रदान गरिने आचार्यले बताए । प्रतियोगिताका लागि १३ लाख वजेट विनियोजन भएको तर यो रकम अपुग हुने उनले बताए ।
प्रतियोगितामा फर्जी खेलाडीले भाग लिन नपाउन् भनेर सहभागी विद्यार्थीको जन्म मिति र विद्यालयको कागजपत्र हेरेर विवादरहित बनाइने आचार्यले दावी गरे ।