© २०२३
काठमाडौं, ७ माघ । काठमाडौंमा सम्पन्न चौथौ अन्तर्राष्ट्रिय अंग्रेजी स्क्राबल प्रतियोगितामा तेस्रो र छैठौं भएका नवलपरासीको सुनवल युनाइटेड बोर्डिङ हाइ स्कूलका विद्यार्थीलाई सम्मान गरिएको छ ।
अमेरिका, भारत,श्रींलका र नेपालका ३८ विद्यार्थी सहभागी प्रतियाोगितामा सुनवल युनाइटेडका विद्यार्थी बिनिता वर्मा तेस्रो र अंकित बिकले छैठोँ स्थान हासिल गरेका हुन् । प्रतियोगितामा नवलपुरका अर्नव पाण्डे प्रथम र रुबिन श्रेष्ठ दोस्रो भएका थिए ।
सुनवल युनाइटेडले तेस्रो र छैठौं भएर फर्केृका विद्यार्थीलाई विद्यालयमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । विद्यालयका प्रिन्सिपल धनराज चापागाईले दोसल्ला ओडाएर विद्यार्थीलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका विद्यार्थीले प्रथम,दोस्रो र तेस्रो स्थान जित्नु ठूलो उपलब्धी भएको बताए । अंग्रेजी स्क्राबलमा सुनवल युनाइटेडका विद्यार्थीहरु जिल्ला, प्रदेश,राष्ट्रिय हुंदै था अन्तर्राष्ट्रीय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्षम हुनु ऐतिहासिक सफलता भएको बताए ।