© २०२३
बुटवल,७ माघ । पोखरामा यही माघ १३ देखि शुरु हुने प्रथम अल नेपाल ओपन स्नुकर टुर्नामेन्टमा भाग लिन बुटवलबाट कुडल श्रेष्ठ र सन्जय कार्की छनोट भएका छन् ।
रुपन्देही पूल तथा स्नुकर संघले खेलाडी छनोटका लागि बुटवलको खस्यौली स्नुकर क्लबमा आयोजना गरेको प्रतियोगितामा ३२ जना सहभागी भएकामा कुडल प्रथम र सन्जय दोस्रो हुंदै छनोट भएका हुन् ।
विजेताले एकलाख ५० हजार,उपविजेताले ७० हजार,सेमि फाइनलिष्ट र हाइएस्ट ब्रेकरले २० हजारका दरले नगद पुरस्कार पाउने पोखराको राष्ट्रिय प्रतियोगितामा रुपन्देही पूल तथा स्नुकर संघले केही समय अघि आयोजना गरेको जिल्लास्तरीय प्रतियोगिताका विजेता शंकर खड्का र उपविजेता शिशिर गुरुङ तथा भैरहवामा हुने छनोट खेलका विजेता र उपविजेता २ जना गरी रुपन्देहीबाट ६ जना खेलाडीले भाग लिने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।