ट्रेंडिंग:

>> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम

यू-१९ विश्वकप यात्रा सुरु गर्दै नेपाल, आज न्युजिल्यान्डसँग भिड्दै

७ माघ २०८०, आईतवार
७ माघ २०८०, आईतवार

काठमाडौँ ।

दक्षिण अफ्रिकामा आईसीसी यू-१९ विश्वकपमा आज (आइतबार) नेपाल न्युजिल्यान्डसँग भिड्दै छ। पूर्वी लन्डनस्थित बफेलो पार्कमा हुने खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ।

यू–१९ मा नेपाल र न्युजिल्यान्ड तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघिका दुवै खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको छ।

सन् २०१६ पछि फेरि यी दुई टोलीबीच भेट हुने भएको हो।

एसिया कप खेलेको टोलीबाट मुख्य प्रशिक्षक जगत टमाटाले दुइ खेलाडी परिवर्तन गरेका छन्।

तीव्र गतिका बलर हेमन्त धामी चोटका कारण बाहिरिँदा उनको स्थान तीव्र बलर दुर्गेश गुप्ताले लिएका छन्। टोलीमा अलराउन्डर दीपक बोहोरा थपिएका छन्।

नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो। नेपालले पछिल्लोपटक सन् २०१६ मा बंगलादेशमा विश्वकप खेलेको थियो।

नेपालको यो आठौँ विश्वकप हो। नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।

नेपालले समूह चरणको दोस्रो खेल माघ १० गते पाकिस्तानसँग र समूह चरणको अन्तिम खेल १२ गते अफगानिस्तानसँग खेल्ने तालिका छ।

विश्वकप तयारीका लागि नेपालले दक्षिण अफ्रिकामा चार अभ्यास खेल खेलेको थियो। तीमध्ये तीन खेलमा नेपाल विजयी हुँदा एक खेल भने वर्षाका कारण रद्द भएको थियो।

समूह डीअन्तर्गत शनिबार भएको पहिलो खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ सय ८१ रनको फराकिलो अन्तरले हराएको थियो।

नेपाली यू-१९ टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दीपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द

हेड टु हेड
यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीच तेस्रोपटक भेट हुने भएको हो।

नेपाल र न्युजिल्यान्ड अन्तिमपटक सन् २०१६ मा भिडेका थिए। बंगलादेशको फतुल्लाहमा भएको प्रतिस्पर्धामा नेपालले न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो।

नेपालले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४७.१ ओभरमा २ सय ६ रन बनाउँदा अलआउट भयो।

यसअघि यू-१९ विश्वकपमै यी दुई टोलीबीचको पहिलो भेट सन् २००६ मा भएको थियो। त्यस वर्ष फेब्रुअरीमा कोलोम्बोमा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई १ विकेटले हराएको थियो।

न्युजिल्यान्डले दिएको २०५ रनको लक्ष्य नेपालले २ बलअगावै भेट्टाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?