© २०२३
चन्द्रौटा (कपिलवस्तु), ७ माघ ।
कपिलवस्तुको मुख्य बजार मध्येको चन्द्रौटा । चन्द्रौटादेखि करिब १५ किलोमिटर पूर्व– पश्चिम लोकमार्ग छेउमै अवस्थित छ चोरखोला बस्ती । शिवराज नगरपालिका वडा नम्बर १ को पहाडी भेगमा रहेको बस्तीमा मान बहादुर सुनार जहाँ करिब ५ दशक बढी लामो समयमा अन्धकारमय बिताएका थिए । राजमार्गसँगै सटेको बस्तीमा यतिबेला उनकै अगुवाइमा विद्युत् र खानेपानी पुगेको छ ।
मुख्य सडक छेवमै रहेको चोरखोला बस्तीमा बर्षाैँदेखि विद्युत नहुँदा स्थानीय अन्धकारमय जीवन जिउने समस्या झेल्दै आएका थिए । अहिले विद्युत् पुगेपछि स्थानीय खुसी भएको केशव सुनार बताउँछन् । “बर्षांैदेखिको सपना साकार भएको बताउँदै भाषण गर्ने हजारौं नेता भन्दा काम गर्ने एक जना मान बहादुरलाई सलाम छ” उनले भने । चोरखोलामा विद्युत ल्याउनका लागि मान बहादुर कैयौं पटक काठमाडौं र विद्युत प्राधिकरण लगायत अदालतसम्म समेत धाएको सुनारले जिकिर गरिन् ।
यस्तै स्थानीय होमी बिकले लामो समयपछि खानेपानी र विद्युत् पुग्दा बस्तीमा खुसीयाली भएको बताईन् । सामाजिक अभियान्ता मान बहादुर सुनारको नेतृत्वमा खानेपानी र विधुत् आफ्नो बस्तीमा पुगेमा उनलाई धन्यावाद समेत बिकले व्यक्त गरिन् । पछिल्लो समय युवा वैदेशिक रोजगारीतर्फ प्लायन भइरहेको बेला आम नागरिकलाई सुविधायुक्त बनाउन खेलेको भूमिका सकारात्मक रहेको जनाईन् ।
विधुत्, खानेपानी र सञ्चार लगायतको समस्याले स्थानियबासी चिन्तित बनेका थिए । जसमध्ये विधुत् र खानेपानीको समस्या समाधान भएपछि स्थानीय हर्षित भएका छन् । केहि महिनाअघि मात्र खानेपानीको समस्या समेत समाधान भएको थियो । अझै पनि मोबाइल नेटवर्क व्यवस्थापन नहुँदा समस्या हुने गरेको सामाजिक अभियान्ता मान बहादुर सुनारले बताए ।
उनले भने ः “जसमध्ये विधुत र खानेपानीको समस्या समाधान भएको छ तर मोबाईल नेटवर्कको समस्या समेत छिट्टै समाधान हुने विश्वास छ ।” विगत वि.सं. २०२६ सालदेखि बसोबास गर्दै आएको बस्तीमा अथक प्रयासपछि विधुत्, खानेपानी लगायत समस्याको समाधान गर्न सफल भएको सुनारको भनाई छ । उनले थपे ः“यसभन्दा पहिला चोरखोला बस्तीमा पूर्व सांसद अभिषेक प्रताप शाहले अवलोकनका क्रममा उनले गरेको बाचा पूरा गरेका छन् । “विद्युत, खानेपानी लगायत समस्याको समाधान गर्न पटकपटक विभिन्न निकायमा पुगेका समेत सुनार जनाए ।
लुम्बिनी प्रादेशिक कार्यालयले शनिबार बुटवलमा निकालेको सचेतनामुलक रयाली