Butwal Today

५९ औ वार्षिकोत्सवमा रावा बैक, लुम्बिनी प्रादेशिक कार्यालयमा विविध कार्यक्रम

५ माघ २०८०, शुक्रबार
अ+
अ-

बुटवल, ५ माघ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५९ औ वार्षिकोत्सवको अवसरमा लुम्बिनी प्रादेशिक कार्यालयले विविध रचनात्मक कार्यक्रम गरि मनउदै छ । नेपालको बैकिङ क्षेत्रमा आफनो छुट्टै ईतिहास बोकेको बैकको लुम्बिनी प्रादेशिक कार्यालयमा सामाजिक उत्तरदायित्व, ग्राहक सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने भएको हो ।

सेवाग्राहीलाई सरल र सहज सेवासंगै आफनो वार्षिकोत्सवको अवसरमा समुदायप्रति योगदान दिने गरि रक्तदान, सरसफाई, कबर्मचारीहरु बिचमा खेलकुद, आखा शिविरसहित शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाउने तयारी रहेको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख गणेश पौडेलले बताए ।

शुक्रबार बिहान रक्तदान तथा दिउसो सरसफाई कार्यक्रम हुने उनले बताए । यसैगरि शनिबार बिहान प्रभातफेरी तथा दिउसो बैक कर्मचारीहरुलाइ आखा शिविर, खेलकुद कार्यक्रम तथा माघ १० गते ५९ औ वार्षिकोत्सवको मुल कार्यक्रममा कार्यालय परिसरमा बैकका ग्राहकहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिने उनले बताए । प्रदेश कार्यालय अन्तरगत १२ जिल्लामा ३८ शाखाहरुमार्फत बैकले सेवा दिदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?