© २०२३
लुम्बिनी, ४ माघ ।
रुन्देहीको गैडहवा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८० सुरु भएको छ ।
“राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद सबैका लागि खेलकुद” को मूल नाराका साथ पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता माघ ७ गते सम्म हुने छ ।
बिहीबार उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले खेलकुद मानव जीवनमा ज्यादै महत्वपूर्ण रहेकोले स्वास्थ्यको लागि खेलकूद एकदमै आवश्यक रहेका बताए ।
खेलकुदमा हारजित हुनु स्वभाविक भएकाले प्रतिस्पर्धाबाट विद्यार्थीहरुमा आत्मबल बढ्ने बताउँदै उनले खेलकुदको जगतमा पहिचान स्थापित गर्न गैडहवा गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । खेलकुदलाई प्रोत्साहन गरी विद्यार्थीहरुको मनोबललाई उच्च राख्दै खेलकुदको विकास गर्नका लागि राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले गैडहवा पाँचौ रनिंगशिल्ड प्रतियोगिता आयोजना गरिएको पौडेलले बताए ।
गाउँपालिका शिक्षा शाखा प्रमुख माधव राज पौडेलले प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, गैडहवा गाउँपालिकाका पुवअध्यक्ष बच्चुलाल केवट, प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, रामचन्द्र यादव, माधवलाल पौडेललगायतले पनि बोलेका थिए । उदघाटन कार्यक्रममा वडाअध्यक्षहरु समेत सहभागी थिए ।