ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

‘रेसुङ्गा होम स्टे’ मा रैथाने स्वाद

होम स्टेमा बस्न जाने जोकोहीले पनि एक दिन अगाडि नै खबर गर्नुपर्ने हुन्छ । हाल पन्ध्र जनासम्मलाई बास बस्ने व्यबस्था रहेको उक्त ठाउँमा पाहुनाहरूले आफ्नो रोजाईमा विभिन्न परिकारहरूको स्वाद चाख्न पाउने होम स्टे सञ्चालन समितिका संयोजक यज्ञमूर्ति श्रीसले जानकारी दिए । होम स्टेमा आएका पाहुनाहरूलाई कला र सँस्कृतिको माध्यमबाट मौलिक नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरिन्छ ।
५ माघ २०८०, शुक्रबार
५ माघ २०८०, शुक्रबार

गुल्मी, ५ माघ ।  स्थानीय कला संस्कृति र रैथाने परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिकामा होम स्टे सञ्चालन गरिएको छ । जिल्लामा भित्रिने आन्तरिक एवं वाह्य पर्यटकहरूलाई लक्षित गरि रेसुङ्गा नगरपालिका १३ अन्तर्गत उपल्लो भँगारीमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालनमा आएको हो ।

जनजाती समुदायको बाहुल्यता रहेको उक्त ठाउँमा स्थानीय समुदायको पहलमा रेसुङ्गा नगरपालिका, गुल्मी उद्योग बाणिज्य संघ लगायतका संस्थाको सहयोगमा ‘रेसुङ्गा होम स्टे’ सञ्चालन गरिएको हो । पछिल्लो समय गुल्मीमा पर्यटकीय क्षेत्रमा घुम्न आउने मानिसहरू होम स्टेमा पुग्ने र त्यहाँको उत्पादित रैथाने खानाका विभिन्न परिकारहरूमा रमाउन थालेका छन् ।

पुरानो संस्कृतिलाई जोगाई राख्न त्यहाँ उत्पादित रैथाने खानाको संरक्षण गर्नुका अतिरिक्त स्थानीयहरूको जीविकोपार्जनमा सहयोग पुराउन आन्तरिक तथा बाह्य पर्यटकहरू भित्राउने उद्देश्यले होम स्टे सञ्चालन गरिएको वडाध्यक्ष हुमबहादुर बस्नेतले बताए । होम स्टेबाट देखिने उत्तर तर्फका सुन्दर एवं मनोरम हिमाल र हिम श्रृङ्खलाहरूको दृश्यावलोकनले त्यहाँ पुग्ने जोकसैको मन लोभ्याई दिन्छ ।

होम स्टेमा पुग्नका लागि स्थानीय नगरपालिकाले भवन निर्माणका साथै मोटरबाटो लगायत अन्य संरचना निर्माणमा सहयोग गर्दै आएको छ । होम स्टेमा स्थानीय कला सँस्कृति र झाँकिहरूको प्रस्तुतीसँगै त्यहाँ उत्पादित कोदाको ढिडो, कोदाको सेलरोटी, मकै र फापरको आटो÷रोटी, सिस्नोको तरकारी, स्थानीय जातका लोकल कुखुरा पाहुनाको मुख्य रोजाईमा पर्ने गर्दछन ।

होम स्टेमा बस्न जाने जोकोहीले पनि एक दिन अगाडि नै खबर गर्नुपर्ने हुन्छ । हाल पन्ध्र जनासम्मलाई बास बस्ने व्यबस्था रहेको उक्त ठाउँमा पाहुनाहरूले आफ्नो रोजाईमा विभिन्न परिकारहरूको स्वाद चाख्न पाउने होम स्टे सञ्चालन समितिका संयोजक यज्ञमूर्ति श्रीसले जानकारी दिए । होम स्टेमा आएका पाहुनाहरूलाई कला र सँस्कृतिको माध्यमबाट मौलिक नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरिन्छ ।

जनजाती समुदायको बाक्लो बस्ती समेत रहेको भँगारीमा स्थानीयहरूले सोरठी, घाटु, सालैजो जस्ता संस्कृतिको संरक्षण गर्दै आएका छन् । पछिल्लो समय रेसुङ्गा विमानस्थलको निर्माणसँगै होम स्टेमा आउने पर्यटकहरूको संख्यामा पनि बृद्धिहुने स्थानीयहरूको अपेक्षा छ ।
गत वर्षदेखि सञ्चालन आएको उक्त होम स्टे सदरमुकाम तम्घास नजिकै भएर पनि यसको बारेमा खासै प्रचार प्रसार हुन नसक्दा यतिबेला ओझेलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?