© २०२३
बुटवल, ३ माघ । भारतको अयोध्यामा माघ ८ गते राम मन्दिरको समुद्घाटनको सुखियालीमा सोही दिन बुटवल राम मन्दिरमा विशेष कार्यक्रम गरिने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ६ स्थित पुरानो धार्मिक महत्व बोकेको श्री राम मन्दिर सेवा समितिको आयोजनामा शुक्ल द्वादशीको दिन अयोध्यामा निर्मित बिशाल राम मन्दिरको समुद्घाटन समारोह अवसरमा विशेष होवन, आरती, भजनकृतन तथा भगवानको रथ यात्रा कार्यक्रम गर्ने भएको हो ।
बुधबार राम मन्दिरका सेवा समितिको बैठकबाट माघ ८ गते विविध धार्मिक कार्यक्रम गर्ने भएको समितिका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठले बताए । कसौधन सेवा समिति एवम महिला समिति, राम मन्दिर पुजा समिति, विश्व हिन्दु महासंघ एवम विभिन्न धार्मिक संस्थाको सहभागितामा बिहान ९ बजे देखी होमन, आरती, प्राण प्रतिष्ठा समारोह, भजन कृतन, रामायण प्रवचन, श्रीराम जय राम जय राम बिजय मन्त्र १०८ पटक सामुहिक जप, भगवान राम, सीता र हनुमानको रुप बनाएर बुटवल रथ यात्रा परिक्रमा गर्ने भएको उनले बताए ।
उक्त दिनको अवसरमा राम मन्दिरलाई मालाले सजावट गर्ने, रङरोहन गर्ने र परिसरमा सरसफाई गर्ने समेत भएको छ । सनातन हिन्दुधर्मावलम्बीहरु र भगवान रामका भक्त जोकोही पनि होमन, मन्त्र जप, हनुमान चालिसा पढ्ने, आरती गर्ने लगायतका धार्मिक कार्यमा सरिक रहन सकिन कार्यक्रम मुल आयोजक समितिका संयोजक एवम श्रीराम मन्दिर सेवा समितिका उपाध्यक्ष अरुण कुमार श्रेष्ठले बताए ।
बैठकमा समितिका सचिव सरिता कसजु, कोषाध्यक्ष लक्ष्मी कुमारी अमात्य, सहसचिव सुर्यमान श्रेष्ठ, अनुपमान सैजु, रामेश्वर कसजु, कमला भट्टचन, चुडा बहादुर पोखरेल, राम बहादुर बजिमय, नारायणी पाण्डे लगायतका विभिन्न धार्मिक संघसंस्था एवं समाजसेवीहरुले कार्यक्रमलाई ब्यवस्थित गराउने बारे सुझाव दिएका थिए ।