ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

झोलुङ्गे पुलको ‘सुपरभिजन’ नहुँदा गुणस्तरियतामा प्रश्न

३ माघ २०८०, बुधबार
३ माघ २०८०, बुधबार

बुटवल, ३ माघ । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नम्बर ७ डमारबेसीमा रहेको सितखोलामा अहिले झोलुङ्गे पुल निर्माणाधीन रहेको छ । ‘सित खोलामा’ निर्माणाधीन रहेको पुल जिल्लाको पूर्वाधकार विकास कार्यालय अर्घाखाँचीबाट ठेक्का सम्झौता भई सुनसरी को आस्था निर्माण सेवाले काम गरिरहेको छ ।

कुल १ सय ३४.२ मिटर लामो यो पुल को सम्झौता २०८० बैशाख ३ मा भएको हो । २०८१ बैशाख २ गते सक्ने गरी ठेक्का सम्झौता गरेको निर्माण सेवा कम्पनीको विषयमा सम्बन्धीत पूर्वाधार विकास कार्यालय अर्घाखाँची बाट नियमित रूपमा यसको निरिक्षण हुनुपर्ने हो । कामको प्रगतिको विषयमा पनि कार्यालयले नियमित रूपमा जाँच गरी प्रयोग गरिएका मेटिरियलको विषयमा समेत जाँच हुनुपर्ने भएपनि कार्यालयको नियमित ‘सुपरभिजन’ नहुँदा काम गुणस्तरहित हुने आंशका स्थानीयले गरेका छन् । सडक पुर्वाधार शिर्षककमा कुल १ करोड ५८ हजार ३ सय ३२.२४ रूपैयाँ लागतमा सम्झौता भएको यो पुलको निर्माणको लागि कमसल प्रकृतिको निर्माण सामग्री प्रयोग गरिएको स्थानीयहरूले बताएका छन् ।

बाहिरबाट राम्रो ड्रेसिङ ढुङ्गा सहितको कार्य देखाए पनि भित्रबाट कमसल मसला र माटो ढुङ्गा,गोल्टे ढुङ्गा राखेको स्थानीयहरूको गुसानो छ ।
स्थानीय वडा नम्बर ७ का वडा अध्यक्ष देवीराम घिमिरेले ठेक्का सम्झौता भएपछि एक पटक पनि ईन्जीनियर लगायतका प्राविधिक सुपरभिजनको लागि नआएको बताए । उनले बुटवल टुडे संगको कुराकानीमा अहिले भैरहेको कामको विषयमा आफूलाई चित्त नबुुझेको भन्दै यो विषयमा पटक–पटक पूर्वाधार कार्यालयका ईन्जीनीयरलाई फोन गर्दा पनि खासै वास्ता नगरेको बताए ।

उनले भने–‘हाम्रो वडामा बन्न लागेको पुर्वाधार राम्रो हो, तर यसको विषयमा गुाण्स्तरियातको लागि कार्यालयले पटक पटक अनुगमन, निरिक्षण, परिक्षण गर्न आवश्यक छ, यो पट्क्कै भएको छैन, हामी यसमा गुनासो गरेका छौ तर सुनुवाई भएको छैन ।’
आफू वडा अध्यक्षको नाताले कहिलेकाही फिल्डमा गएको बेला निर्माणाधीन पुल हेर्ने गरेको तर यो विषयमा आफू जाँदा मसलको प्रयोग, गिट्टी ढुंगा लगायतको प्रयोग को विषयमा चित्त नबुझ्ने गरी काम भएको पाइएको वडा अध्यक्ष घिमिरेले बुटवल टुडे लाई बताए । ‘हामी सधै जाँन पनि सकिदैन, तर यो विषयमा कार्यालयबाट कुनै पनि अनुगमन भएको पाइएको छैन, करोडको पुल निर्माण हुँदा कामदारको भरमा छाडीएको छ, जुन गलत हो ।’

पुल निर्माणको विषयमा अन्य स्थानीयले समेत पटक पटक गुनासो गरेको अध्यक्ष घिमिरेको भनाई रहेको छ । यता, प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय, यातायात पुर्वाधार निर्देशनालय अन्र्तगतको पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका प्रमुख विनोद कुमार चौधरीले पुल निर्माणको विषयमा आफु कार्यालयबाट हिडिसकेकोले जानकारी नभएको बताए । कार्यालयले गर्नुपर्ने सुपर भिजन, गुणस्तरियताको विषयमा उठेको प्रश्नको विषयमा उनले बुटवल टुडे संगको कुराकानीमा भने–‘खै हजुर मलाई थाहा भएन, उतै वडा तिर सोध्नुहोला ।’ कार्यालय प्रमुख चौधरी पुर्वाधार कार्यालय अर्घाखाँचीबाट केही दिन पहिला सरुवा लिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?