© २०२३
बुटवल, २ माघ । सहकारी क्षेत्रलाई ब्यबस्थित, मर्यादित र थप बिश्वसनिय बनाउन आवश्यक रहेको एक कार्यक्रममा बोल्ने बक्ताहरुले सुझाव दिएका छन । पश्चिम नेपाल यातायात बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको मंगलबार बुटवलमा भएको तेस्रो वार्षिक साधारणसभामा बोल्ने बक्ताहरुले सहकारीमार्फत ससाना लगानी जुटाउदै स्वदेशमै आयआर्जन गर्न सकिने राम्रो सम्भावना भएको बताए । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले यातायात व्यवसायी, मजदुर र सम्बद्ध कर्मचारी आवद्ध रहेको सहकारीसँग सहकार्य गरेर अघि बढ्न उपमहानगर तयार रहेको बताईन । नेपाल जस्तो बिकासउन्मुख मुलुकमा सहकारी क्षेत्र आर्थिक बिकासको मेरुदण्ड भएकोले यसको सिद्धान्त र गरिमालाई पनि बचाएर अघि बढ्न उपप्रमुख अर्यालले आग्रह गरेकी छन् ।
कार्यक्रम पश्चिम नेपाल बस ब्यबसायी प्रालि तथा सहकारीका अध्यक्ष दधिराम खरेलले सवारी धनी, चालक र मजदुरको पारिवारिक सुरक्षालाई मध्येनजर गर्दै स्थापित संस्था सदस्यहरुको हकहितसंगै सामाजिक क्षेत्रमा समेत अग्रसर रहेको बताए । ब्यबसायी, मजदुर र तिनका परिवारलाई समेत उत्थान गर्ने सहकारीको निति लिएको संस्थाले आफनो सहस्यहरुलाई घर फर्किदा थोरै भएपनि अनुदान दिने गरि योजना ल्याएको बताए । संस्थालाई तिनै तहका सरकारको सहयोग र सहकार्यको आवश्यक्ता रहेको उनले आग्रह गरे ।
कार्यक्रममा संघका पुर्व अध्यक्षहरु चोपनारायण श्रेष्ठ, तुलसीराम बन्जाडे, प्रालिका उपाध्यक्ष जिवन बन्जाडे, प्रबन्धक रामचन्द्र भुसाल, कार्यबाहक सचिव मन्जु बस्नेत लगाएतले सहकारीको उद्देश्य र समग्र यातायातकर्मीहरुको हकहितमा सहकारीले खेल्ने भुमिकाको बारेमा चर्चा गरेका थिए ।
यातायात व्यवसायी, कर्मचारी र मजदुरहरुको आर्थिक अवस्थालाई सबलिकरण गर्ने उद्धेश्यले २०७८ सालमा स्थापना गरिएको उक्त सहकारी संस्थाले शेयर सदस्यहरुका लागि १५ देखि २२ लाख बराबरको दुर्घटना विमाको व्यवस्था गरिएकोे प्रवन्धक रामचन्द्र भुसालको भनाई छ । सहकारीमा हाल १ हजार ७ सय ६८ जना सदस्यहरु रहेको प्रत्रन्धक भुसालले बताए ।