ट्रेंडिंग:

>> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली

सन्दिपको भावुक पत्र : मलाई एउटा अपराधिक षड्यन्त्रमा शूली चढाइयो

२ माघ २०८०, मंगलवार
२ माघ २०८०, मंगलवार

बुटवल,२ माघ । जबरजस्ती करणीको आरोपमा अदालतबाट दोषि ठहर भएका सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई भावुक पत्र लेख्दै आफूलाई एउटा अपराधिक षड्यन्त्रमा शूली चढाइएको दावी गरेका छन् ।

सन्दीपले क्यानलाई पठाएको पत्रमा अदालतले सुनाएको फैसला स्वीकार्नुको विकल्प नभएको तर, आफू षडयन्त्रमूलक योजना तथा मिडिया ट्रायलको शिकार भएको गुनासो गरेका छन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गरेको पत्रमा सन्दीपले यतिबेला आफू आफ्नो जीवन, करियर र भविष्यको अग्नीपरीक्षामा रहेको र आफूलाई एउटा अपराधिक षड्यन्त्रमा शूली चढाइएको उल्लेख गरेका छन् ।

अदालतले वास्तविकताभन्दा टाढा रहेर फैसला गरेको भए पनि न्याय प्रणाली र कानूनप्रतिको आफ्नो विश्वास नधर्मराएको सन्दीपले उल्लेख गरेका छन् । उनले आफूले उच्च अदालतबाट न्याय पाउने आशा पनि राखेका छन् । सन्दिपलाई बलात्कारको आरोप लगाउने युवती शुरुमा नाबालिग भनिए पनि उनी बालिग भएको अदालतले पुष्टी गरेको छ । तर उनको उमेर घटाएर नाबालिग देखाउन किर्ते कागजात समेत बनाइएको पाइएको थियो ।

सन्दिपले अंग्रेजी भाषामा क्यानलाई पठाएको पत्रको अनुवाद जस्ताको तस्तै

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दज्यू

नेपाल क्रिकेट संघ ९क्यान० का सचिव पारस खड्काज्यू

क्यान एक्सको समिति

विषयः राष्ट्रिय क्रिकेट टीम त्यागेको सम्बन्धमा

आदरणीय सरहरू,

सर्वप्रथम त म चतुरबहादुर चन्द सर र पारस दाइलाई क्यानको अध्यक्ष र सचिवमा निर्वाचित हुनुभएकोमा बधाइ दिन चाहन्छु । म तपाईंहरु दुवैजनाको सफल कार्यकालको कामना गर्दछु । तपाईंहरुको कार्यकालमा र त्यसपश्चात पनि नेपाली क्रिकेट अर्को स्तरमा पुग्नेमा विश्वस्त छु ।

मैले क्रिकेट खेल्न सिकेदेखि नेपालको जर्सीमा खेल्ने मेरो ठूलो सपना थियो । मेरो कडा परिश्रम, खेलप्रतिको समर्पण, मेरो परिवार र विश्वभर छरिएर रहनुभएका मेरा सम्पुर्ण दाजुभाई–दिदीबहिनीहरुको साथले, म राष्ट्रिय क्रिकेट टोलीको हिस्सा बन्न सफल भएँ । मलाई यौन दुराचारको गलत आरोप नलागिञ्जेलसम्म कप्तान भएर टीमको नेतृत्व गर्ने मौका समेत पाएँ । मैले के योगदान दिएको छु, त्यो कुरा म दोहोर्‍याउन चाहन्न । मेरो खेलजीवन खुला अनि सार्वजनिक छ । साथै, सबैले सदैव समिक्षा गर्नका लागि उपलब्ध पनि छ ।

तपाईँहरूलाई थाहै छ, अहिले म मेरो जिन्दगीको कठिन समयबाट गुज्रिरहेको छु । आफ्नो जीवन, करियर र भविष्यको अग्नीपरीक्षामा छु । मलाई एउटा अपराधिक षड्यन्त्रको शूलीमा चढाइएको छ । मैले अनुसन्धान र न्यायिक प्रक्रियाको हरेक चरणमा साथ दिएँ । अन्तमा, काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर्यायो । मैले सँधै अदालतको स्वतन्त्रता र निष्पक्षतामा विश्वास गरेको छु । अदालतले मलाई सुनाएको फैसला वास्तविकताभन्दा टाढा भए तापनि अदालतप्रतिको मेरो विश्वास भने अपरिवर्तित र झनै बलियो रहनेछ ।

ममाथि गरिएको फैसला षड्यन्त्र, क्रोध, डिजाइन र एकमात्र बयानमा आधारित छ जस्तो लाग्छ । एकातर्फ म मिडियाको ट्रायल र डिप्रेसनबाट गुज्रिरहेको छु भने अर्कातर्फ उत्तिकै बलियो र न्यायको आशामा छु ।

आदरणीय सरहरू,

चलिरहेको मुद्दा र जमानतको बाबजुद पनि मैले आफ्नो सम्पुर्ण ध्यान देश र क्रिकेट टोलीमा केन्द्रित गर्ने प्रयास गरेँ । उत्कृष्ट खेल खेल्न सक्षम पनि रहेँ । मलाई गर्व छ कि म जस्तोसुकै परिस्थितिबाट गुज्रिँदा पनि देशलाई मेरो आवश्यकता परेको समय म क्रिकेट टोलीको हिस्सा बन्न पाएँ । गत वर्ष टीयू मैदानमा हजारौंको संख्यामा क्रिकेटका सच्चा प्रशंसकहरू देखेर म खुसी भएँ ।

बारम्बार आफुले हरेक कुरामाथिको आशा र भरोसा गुमाएको महसुस गरे पनि, म आफूलाई सबै प्रकारका डिप्रेसन, चिन्ता र स्वास्थ्य समस्याबाट टाढा राखेर अन्याय र षड्यन्त्रविरुद्ध लड्न आफैंलाई पुनःजागृत गर्दैछु । मैले एकदिन न्याय पाउनेछु भन्ने गहिरो विश्वास छ । जसले मलाई जेलभित्र पुर्‍याउने योजना बुनेका छन् उनीहरूले एकदिन कानूनबाट नभए पनि भगवानबाट परिणाम भोग्नेछन भन्नेमा पनि म विश्वस्त छु ।

म ती मिडियाहरुलाई पनि धन्यवाद दिन्छु जसले मलाई अदालतले दोषी ठहर्‍याउनुअघि नै ममाथि फैसला सुनाए र ‘सुन्दर’ कथाहरू बुनेर अदालतलाई दबाबमा राखे । यस्तो षड्यन्त्रको म पहिलो र अन्तिम शिकार नहुन सक्छु । यो जोसुकैलाई जुनसुकै र जस्तोसुकै बेलामा हुन सक्छ । गलतलाई साथ दिनेले एकदिन गलतकै सामना गर्नुपर्नेछ । उनीहरूलाई भगवान्‌को आशीर्वाद रहोस् ।

आदरणीय सरहरू,

म तपाईंहरू र क्यानले दिएको साथका निम्ति सदैव कृतज्ञता व्यक्त गर्दछु । मलाई थाहा छ म निर्दोष छु र मलाई निर्दोष रहने अधिकार छ । देशको कानून र हाम्रो न्याय प्रणालीप्रति मेरो गहिरो सम्मान छ । फैसला स्वीकार गर्नुबाहेक मसँग अरु विकल्प छैन । तसर्थ, म अदालतबाट निर्दोष साबित नभएसम्म राष्ट्रिय क्रिकेट टोलीमा क्यानले दिएको जर्सी लगाएर नखेल्ने निर्णय गरेको छु । म यसरी पछि हट्नु पछाडिको नियति क्यानले अवश्य बुझेको छ । अहिले म गम्भीर आर्थिक संकटमा परेकाले गर्दा क्यानलाई मेरो बाँकी भुक्तानीहरू पनि जारी गरिदिन अनुरोध गर्दछु ।

अन्त्यमा, क्रिकेटका मेरा साथीहरूले राष्ट्रिय टीममा मेरो कमी महसुस गर्ने छैनन्, आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्नेछन् र नेपाली टीमलाई माथि उठाउन कुनै कसर छाड्ने छैनन् भन्नेमा म विश्वस्त छु । हामीले टोलीलाई यो स्तरमा पुर्‍याएका छौं, तर अझै धेरै माथि पुर्‍याउन बाँकी छ । हामीले जित्नुपर्छ । मात्र जित्नुपर्छ र इतिहास रच्नुपर्छ । मलाई थाहा छैन म कहाँ हुनेछु, तर म जहाँ पनि हुनेछु क्रिकेट र मेरा सबै साथीहरूको उत्कृष्ट प्रदर्शनलाई नजिकबाट नियालिरहने छु । क्रिकेट खेलाडी र क्रिकेट प्रशंसक दुवै रूपमा म आफुलाई कहिल्यै क्रिकेटबाट टाढा सोच्न सक्दिनँ ।

सबैभन्दा कठिन समयमा मलाई समर्थन र संरक्षण गर्नु भएकोमा म तपाईंहरूलाई धन्यवाद दिन चाहन्छु । यो चरणसम्म मलाई साथ दिनुहुने र मलाई बलियो बनाउनुहुने तपाईँहरू, मेरा प्रिय फ्यानहरू र क्रिकेटप्रेमीहरूप्रति म ऋणी छु । अहिले मेरो जीवन, करियर र सम्बन्धहरूमा अन्धकार छाएको अवस्था छ । तर, मेरो उज्यालो दिन आउनेछ भन्नेमा म पक्का छु । एकदिन सबै भित्री वास्तविकता र षड्यन्त्र बाहिरिनेछ भन्नेमा पनि म ढुक्क छु ।

म समाप्त भएको, हराएको र त्यागिएको छैन । म सबै प्रकारका निराशा, चिन्ता र डिप्रेसनबाट बाहिरिने प्रयास गर्दैछु । सम्माननीय अदालतबाट छिट्टै न्यायको पर्खाइमा छु र मेरो अन्तिम साससम्म न्याय खोज्नेछु ।

आफ्नो खेलाडीको संरक्षण र प्रतिरक्षा गर्न क्यान पनि समानरुपले बलियो रहनेमा म विश्वस्त छु । मेरा कारण मेरो कानूनी टीमलगायत उहाँहरूको परिवार र पेशामा समेत विभिन्न आरोपहरू लागे । उहाँहरू सबैको सहिष्णुताप्रति म हार्दिक आभार प्रकट गर्दछु । म मेरो कानूनी टीमको समर्थन र परामर्शबाट प्रेरित र उत्प्रेरित छु । कानूनको अदालतमा मलाई समर्थन र रक्षा गर्नुभएकोमा तपाईँहरूलाई धन्यवाद ।

सन्दीप लामिछाने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?