ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

कपिलबस्तुका अभयलाई आशिष कपको उपाधि

युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित ३ ईभेन्टमा दुई दिनसम्म चलेको प्रतियोगितामा मेन्स सिगलमा ३२, मेन्स डबल्समा ७६ र भेट्रान्समा ३१ टिम गरि कुल १ सय ३६ टिमले भाग लिएका थिए ।
१ माघ २०८०, सोमबार
१ माघ २०८०, सोमबार

बुटवल, १ माघ । रुपन्देहीमा सम्पन्न तेस्रो लुम्बिनी प्रदेश स्तरिय आशिष कप ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि कपिलबस्तुका अभय महराले हात पारेका छन । आशिष स्टेशनरीको मुख्य प्रायोजन र लायन्स क्लब अफ बुटवल स्टारको सहकार्यमा शनिबार अबेर तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाईन ब्याडमिन्टन कोर्टमा भएको मेन्स सिगलको फाईनलमा एमजी क्लबका अरबिन श्रीपालीलाई पराजित गर्दै उपाधि हात पारेका हुन । उपाधिसंगै अभयले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता श्रीपाली भने नगद ८ हजार रुपैया तथा तृतिय भएका कालिकानगरका मिलन सुनार र पाल्पाका सुमित घिमिरे ५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

यसैगरि मेन्स डबल्सतर्फको उपाधि सेमलारका दिनेश रिमाल र प्रकाश सुनारको जोडीले हात पारेका छन । फाईनलमा स्मासका बिन्जन बस्नेत र किरण बिष्टको जोडीलाई पराजित गर्दै उपाधि हात पारेका हुन । उपाधिसंगै रिमाल र सुनारको जोडी नगद ३५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता टिम भने नगद २० हजार तथा तृतिय टिमहरु सैनामैनाका दर्शन बराल र सुमन पुनको जोडी एवं भैरहवाका अशोक क्षेत्री र अरुण मानन्धरको जोडी भने नगद १६ हजार रुपैया कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

भेट्रान्स डबल्सतर्फ भने लाफा समुहका बिरेन्द्र बिष्ट र दिलिप गौचनको जोडीले उपाधि हात पारे । फाईनल खेलमा लायन्सका अर्जुन कार्की र रामु बनको जोडीलाई पराजित गर्दै बिष्ट र गौचनको जोडीले उपाधि हात पारे । उपाधिसंगै उनिहरुले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । कार्की र बनको जोडी नगद १५ हजार, कपमा चित्त बुझाए । कपिलबस्तुका रितेश थापा र सन्दिप श्रेष्ठ तथा फिट एण्ड फाईनका पुरन राना र डम्बर रानाको जोडी तृतिय हुदै नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए ।

एक समारोहका बिच आशिष स्टेशनरीको संचालक लक्ष्मीप्रसाद श्रेष्ठ, मिना श्रेष्ठ, लायन्स डिष्ट्रिक एलसिआईएफ कोअर्डिनेटर सन्दिप कशौधन, लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष रिन्कु लिगल, कार्यक्रम संयोजक राम बहादुर शाहीले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरे ।

युवा खेलाडीहरुलाई प्लेटफर्म दिने र खेलमार्फत भातृत्व विकास गर्ने उद्येश्यका साथ आयोजना हुदै गएको आशिष कप ब्याडमिन्टन प्रतियोगिताको तेस्रो संस्करण भब्य रुपमा सम्पन्न भएको आशिष स्र्पोटसका संचालक आयुषकृष्ण श्रेष्ठले बताए । प्रतियोगितालाई ब्यवस्थित गर्न केन्द्रबाट नै वरिष्ठ एम्पायर उदय अर्यालसहितको टिम ल्याएर खेलाईएको उनले बताए । प्रतियोगिताको बेस्ट, पाच जना राइजिङ, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट युवा खेलाडीलाई पुरस्कृत गरिएको उनले बताए । दुई दिनसम्म चलेको प्रतियोगितामा मेन्स सिगलमा ३२, मेन्स डबल्समा ७६ र भेट्रान्समा ३१ टिम गरि कुल १ सय ३६ टिमले भाग लिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?