Butwal Today

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

१ माघ २०८०, सोमबार
अ+
अ-

आज मिति २०८० साल माघ ०१ गते सोमबार। तदनुसार सन् २०२४ जनवरी १५ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। हेमन्त ऋतु । श्रीशाके १९४५। पौष शुक्लपक्ष पन्चमी÷षष्ठी तिथि। शतभिषा÷पुर्वभाद्र नक्षत्र। वरियान योग। बव करण। कुम्भ राशीमा चन्द्रमा ।

काठमाडौंमा सूर्योदयः प्रातः ६.५९ / सूर्यास्तः १७.२७ बजे

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मायाप्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा वौद्विक व्यक्तित्वसग भेटघाट हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

नयाँ व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । लेखन तथा साहित्यमा सुरु गरिएका कामहरु थाति रहनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफ्नो भन्दा पनि अरुकै बारेमा चासो लिने बानिले समस्या निम्त्याउन सक्छ। आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपन आउन सक्छ । व्यापार व्यावसायमा समय लगानि गरे अनुसार प्रतिफल प्राप्त नहुदा चाहेजस्तो उपलब्धि हुने छैन

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

सिमित स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ता पुरा गर्न सकिनेछ भने आर्थिक ब्याबस्थापनका पुराना मुद्दाहरु हल भएर जानेछन् । हाते औजार तथा घरेलु मेसिन प्रयोग गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बिद्यार्थि वर्गहरुलाई सफलता प्राप्त नहुन सक्छ । माया प्रेम तथा पति पत्निबिच एक अर्काको भावना बुझ्न नसक्दा केहि समय अलग हुँने पर्ने बाध्यता आउँनेछ । बिगतमा खानपानमा ध्यान नदिदा त्यसको प्रभाव देखिने तथा सामान्य स्वास्थ्यमा समस्या आउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आफन्तबाट आर्थिक सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न बढिनै समय मेहनेत गर्नुपर्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनुपर्ने बाध्यता आउँनेछ

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्तसग सामान्य बिवाद हुँन सक्छ । अग्रजहरुको सुझाबलाई सिरोधार्य गर्दै अगाडि बढ्न सके समयले साथ दिनेछ । खानपानमा ध्यान

दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सामाजिक कार्यमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा उपस्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा विवाद हुनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिवादमा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । पुराना रोग तथा समस्या हरु पुनह बल्झिन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा अरुभन्दा पछि परिने छ । माया प्रेममा सामान्य मनमुटाव हुन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययन तथा अध्यापनको क्षेत्र राम्रो छ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ ।

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।