ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

ढुवानी व्यवसायीमा सुमन सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२९ पुष २०८०, आईतवार
२९ पुष २०८०, आईतवार

बुटवल, २९ पुस ।

लुम्बिनी साना तथा मझौला ढुवानी ब्यबसायी संघको १० औं साधारण सभा तथा चौथो अधिवेशनले सुमन सापकोटाको नेतृत्वमा१३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सोमन तिमिल्सिना, महासचिवमा रमेशराज बज्राचार्य, सचिवमा नविन पोखरेल, सह–सचिवमा धर्मराज जैसी, कोषध्यक्षमा रविन्द्रकुमार श्रेष्ठ र सदस्यहरुमा पारसनाथ केसरी, रामप्रसाद शर्मा, आकाश जैसवाल, मथुरा कुहार, इन्द्रबहादुर क्षेत्री, विशाल अधिकारी, ऋतु घर्तीमगर रहेका छन् । त्यस्तै लेखा समितिमा गोपाल पाण्डेको संयोजकत्वमा दिनेश गौतम र गणेश जिशी सदस्य रहेको कार्यसमिति गठन भएको छ ।

साधारण सभा तथा चौथो अधिवेशनमा बोल्दै नेपाल ट्रक यातयात महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोख्रेलले स्वरोजगार मजदुरहरुको हकहित संरक्षण र बिकासका लागि संस्था सधै प्रतिबद्ध रहेको बताए । बजारमा आएको आर्थिक मन्दीका कारण यातयात क्षेत्र पछिल्लो समय धरासायी बनेको बताउदै वरिष्ठ उपाध्यक्ष पोख्रेलले यातयातको क्षेत्रलाई सरकारले गम्धिर रुपमा लिनु पर्ने बताए ।

सवारी दर्ता, नविकरण र संचालन गर्दा आईपर्ने बिभिन्न समस्याहरुका बारेमा पटक पटक सरकारी पक्षको ध्यानाकर्षण गराउँदै आएको भएपनि सुनुवाई नभएको गुनासो गर्दै साना तथा मझौला ढुवानी ब्यबसायीहरुलाई सरकारले उपेक्षा गरेको संघका अध्यक्ष दिनेश थापाको भनाई छ । बुटवलमा प्रधान कार्यालय रहेको लुम्बिनी साना तथा मझौला ढुवानी ब्यवसायी संघको स्थापना लक्ष्मण क्षेत्रीको संयोजनमा २०७० सालमा साना तथा मझौला सवारीहरुको छाता संगठनका रुपमा स्थापना भएको थियो । छरिएर रहेका साना तथा मझौला ढुवानी ब्यबसायीहरु संगठित गरि सस्थाको स्थापना गरिएको एक दशक पुरा गर्न सफल भएको छ । यो संस्थामा हाल १ सय ५२ जना व्यवसायीहरुको आवद्धता रहेको छ । धेरैजसो स्वरोजगार मजदुर रहेको यो संस्था नेपाल ट्रक यातायात व्यवसायी महासंघसँग आवद्ध भएको केही वर्ष मात्रै भएको छ । संस्थाले स्वरोजगार मजदुरहरुलाई प्रोत्साहन गर्न आफुहरु हरपल तयार रहेको नेपाल ट्रक तथा यातयात महासंघका प्रदेश अध्यक्ष यमप्रसाद पाण्डेको भनाई छ ।

साना स्वरोजगार ब्यबसायीहरु रोजगारीको अवसर प्रदान गर्नु मुख्य लक्ष्य रहेको यो संस्थालाई ब्यवस्थित पार्किङ्गस्थल, रुट परमिट लगायत भारतीय सवारीले गर्दा ठूलो समस्या परेको उल्लेख गर्दै समस्या समाधानका लागि निरन्तर आवश्यक पहल गर्नुपर्ने सल्लाहकार मोहन पिएसको भनाई छ । साधारण सभामा महासचिवको प्रतिवेदन रविन्द्रकुमार श्रेष्ठले र कोषाध्यक्षको प्रतिवेदन नविन पोखरेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मण क्षेत्री, कानुनी सल्लाहकार महेन्द्र पाण्डे,सदस्य रमेशराज बज्राचार्य लगायतले बोल्दै यातायात क्षेत्रको विकास र व्यवसायीलाई टिकाई राख्न संस्थाले पहल गर्नु पर्ने बताएका थिए । राष्ट्र निर्माणको मेरुदण्डको रुपमा रहेको यातायात क्षेत्र त्यसमा पनि साना र मझौला ढुवानीले बजारको कुना काप्चामा पुग्ने र साना तथा घरनिर्माणका सामग्री, दोकानका सामान तथा अन्य सामग्रीहरु ओसारपसार गर्न सहज भएको छ । प्रदेश भरको प्रमिट पाएको भएपनि हाल २ जिल्लामा मात्रै यस्ले सेवा दिइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?