© २०२३
बुटवल,२९ पुस । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्।
भैरहवाको सिद्धार्थनगर रंगशालामा बिहान ९ बजे गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सवा ९ बजे बागमती प्रदेश र विभागीय टोली एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
शनिबार भएको प्रतियोगिताकै पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले हराएको थियो । अर्को खेलमा मधेश प्रदेशले अनिलकुमार साहको उत्कृष्ट ब्याटिङको मद्दतमा कोशी प्रदेशलाई ७ विकेटले हराएको थियो । राउण्ड रोविन लिगका आधारमा सुरु भएको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ।