ट्रेंडिंग:

>> पोषणका लागि रैथाने बालीको प्रयोग बढाऔं: मुख्यमन्त्री आचार्य >> शिक्षकसँगको वार्ता एक-दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर >> गुणाकर भट्टको निवेदन आज पनि हेर्न नभ्याइनेमा >> बुटवलमा लन्च भयो ‘रेड मी ए फाईभ’ >> पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन >> संघीय निजामती कर्मचारीहरूले सम्झौता कार्यान्वयन नगरेको भन्दै कालो पट्टी बाँधेर प्रदर्शन >> संवैधानिक नियुक्तिविरुद्ध दोस्रो दिनको सुनुवाइ जारी >> बूढानीलकण्ठमा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला >> बाँकेको डुडुवा गाँउपालिकाद्वारा बीउ उत्पादन सुरु >> पामिर एकेडेमीले ग–यो वार्षिक क्यालेण्डर विमोचन >> बढ्दो कुपोषण कम गर्न खाद्य प्रणाली सुधार आवश्यक: मुख्यमन्त्री आचार्य >> कर्णालीमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै >> मन्त्रिपरिषद् बैठक ५ बजे, शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने >> विद्यालय शिक्षा ऐनको माग गर्दै सोमबार पनि शिक्षकहरुको प्रदर्शन जारी >> आईपीएलमा आज कोलकाता र गुजरात खेल्दै >> नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन >> आइतबार स्थिर रहेको सुनको भाउमा सोमबार फेरि नयाँ रेकर्ड >> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन्

उजिरसिंहलाई राष्ट्रिय विभूति घोषणा गर

२९ पुष २०८०, आईतवार
२९ पुष २०८०, आईतवार

बुटवलको ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण भएपछि उजिरसिंहलाई राष्ट्रिय विभूति घोषणा गर्न माग उठेको छ । जितगढी किल्लाको स्वामित्व ग्रहण गरेपछि पहिलोपटक बुटवल उपमहनगरले नेपाल अंग्रेज युद्धका बीर नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न संघीय सरकारसंग माग गरेको छ । उजिरसिंहको योगदानको कदर गर्दै राष्ट्रिय विभुति घोषणा गर्न र पूर्णकदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्न उपमहानगरको मागमा सवैको ऐक्यवद्धता जरुरी छ । अव जितगढी किल्ला र किल्ला वरिपरीको क्षेत्रको पर्याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार र पुरातत्व विभागको ध्यान जानु जरुरी छ । जितगढी किल्लामात्रै होइन, योसंगै जोडिएको ऐतिहासिक स्थानहरू जितगढी सुरुङ मार्ग, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार र अन्य संरचनाहरूको उत्खन पश्चात् आवश्यकता अनुसार पुनःनिर्माण र संरक्षण गर्नु भनेको बुटवलको गौरवको कुरा हो । अतः यस बिषयमा आवाज उठाउनु बुटवल उपमहानगरपालिकाको मात्रै होइन, सम्पूर्ण बुटवलबासीको दायित्व हो । बुटवल उपमहानगरपालिकाले पाँच बर्ष अघिदेखि बुटवलको ऐतिहासिक पहिचानका रूपमा स्थापित रहेको जितगढी किल्ला क्षेत्र संरक्षणको अभियान सुरु गरेको हो । यस्तो ऐतिहासिक किल्लाको संरक्षण सुरु गरेर बुटवल उपमहानगरको तत्कालीन नेतृत्वले सवै बुटवलबासीको मन जितेकै हो । कर्णेल उजिर सिंह नेतृत्वको नेपाली बीर फौजले तत्कालिन अंग्रेज फौजलाई यही जीतगढी किल्लावाटै पराजित गरेको थियो । त्यसयता जितगढी किल्लाको संरक्षण र विकासको कुरा उठ्दै आएको छ । जितगढी जस्तो मुलुककै ऐतिहासिक सम्पदालाई यस क्षेत्रको एउटा धरोहरका रूपमा विकास गर्नुपर्ने छ ।

अर्कोतर्फ स्मरणीय के छ भने जितगढीमा बुटवल उपमहानगरपालिकाले नेपालकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक स्थापना गरेको छ । यसका लागि बुटवलका निवर्तमान नगर प्रमुख र उहाँको नेतृत्व टिमलाई धन्यबाद दिन कञ्जुस्याई गर्नु हुँदैन । राम्रो कामको स्वागत र नराम्रो कामको विरोध गर्ने प्रवृत्तिलाई हतोत्साही गरिनु हुँदैन । त्यसो त बुटवल उपमहानगरपालिकाले जितगढी किल्ला क्षेत्रको विकासका लागि हरेक बर्ष वजेट विनियोजन गरेरै काम गरिरहेको छ । अहिले जितगढीको छुट्टै गुरुयोजना निर्माण गरेर जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल बजारलाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने तथा जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना प्रभावकारी वनाउनेतर्फ बर्तमान बुटवल नगरको नेतृत्वको ध्यानाकर्षण जरुरी छ । नेपाली वीर योद्धा जसले वुटवलको जीतगढीवाट अंग्रेज फौजलाई परास्त गरेका थिए, त्यो स्थान आफैमा ऐतिहासिक छ जसको संरक्षण सरकार र स्थानीय निकायको कर्तव्य हो ।

वीर गोर्खालीको पौरखको रहेको उक्त स्थानलाई संरक्षणमा दायित्वबोध गर्नु हामी सवैको जिम्मेवारी र कर्तब्यपनि हो । जितगढी संरक्षण गर्न सके नेपालका मात्रै होइन विदेशी पर्यटकपनि आकर्षण गर्न सकिन्छ । तर, यसमा दह्रो प्रतिवद्धताको आवश्यकता छ । फेरिपनि सरकार र स्थानीय निकाय तथा स्थानीय जनताले पनि यो विषयमा ध्यान दिएर विकासमा सहभागिता जनाउन सके जीतगढी किल्लाको संरक्षण हुन सक्छ । पूर्वजले देखाएको बहादुरीको सम्मानका खातिर पनि जितगढी किल्लाको संरक्षण अपरिहार्य छ । अर्कोतर्फ यसको प्रचारप्रसार गर्न सकेपनि जितगढीका साथै वुटवलको विकास र प्रचार प्रसारमा पनि योगदान पुग्न सक्छ । जितगढी किल्लालाई सामरिक महत्वको क्षेत्रका रूपमा आगामी दिनमा विकास गर्न सकिन्छ । बुटवल उपमहानगरले जितगढीमा लडाईको नेतृत्व गरेर अंग्रेज फौजलाई परास्त गर्न नेतृत्व गर्ने उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न औपचारिक रूपमै माग गरेको छ । संघीय सरकारले यो माग तत्कालै सम्बोधन गरेर उजिरसिंहलाई राष्ट्रिय विभूति घोषणा गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?