© २०२३
बुटवल, २८ पुस । रुपन्देहीको भैरहवामा शुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले जितेको छ । शनिबार सिद्धार्थ रंगशालामा टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले एक सय १२ रनको लक्ष्य चार विकेट बाँकी छँदै पूरा गरेको हो ।
पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ४२ ओभरको खेलमा ३४ दशमलव चार बलमै सबै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । उसका लागि करण पंगेनीले सर्वाधिक २८ रन, कृष्ण अहिरले १९, समीर खड्का र अमृत गुरुङले समान १३–१३ रन बनाए ।
बलिङमा लुम्बिनीका अजय चौहानले पाँच, मोहम्मद हुसेनले दुई तथा कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीले समान एक–एक विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । उसको जितमा मिर्नाल गुरुङले ४७, मोहम्मद हुसेनले २१ र विराट भण्डारीले दश रन जोडे । बलिङतर्फ गण्डकीका विपिन खत्री र कमल परियारले समान तीन(तीन विकेट लिए । लुम्बिनीका अजय चौहान म्यान अफ दि म्याच घोषित भए । आइतबार कर्णाली र गण्डकी प्रदेश बीच हुनेछ ।