© २०२३
बुटवल, २७ पुस । तेस्रो संस्करणको लुम्बिनी प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखी सुरु भएको छ । आशिष स्र्पोट्स हाउस एण्ड स्टेशनरीको मुख्य आयोजना, लायन्स क्लब अफ बुटवल स्टारको सहकार्यमा शुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले शुभारम्भ गरे । कार्यक्रममा मन्त्री पाण्डेले खेलकुदको माध्यमबाट राष्ट्रलाई चिनाउने धेरै खेलाडीहरु रुपन्देहीबाट उत्पादन भएको भन्दै ग्रासरुट विकास गर्न सरकारको ध्यान दिने बताए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरिक्षक विजयराज पण्डित, म्याच रेफ्री उदय अर्याल, लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगलले खेलकुदमार्फत युवाहरुलाई सामाजिक कार्यमा अग्रसर गराउने सकिने बताए ।
लायन्स ईन्टरनेश्नलका एलआईसीएफ कोअर्डिनेटर सन्दीप कसौधनले विश्वभर नै लायन्सका जन्मदाता मेल्भिन जोनसको १४५ औ दिवसको अवसरमा खेलकुद गतिविधिलाई लायन्ससंग जोड्न सफल भएको बताए ।
आशिष स्पोर्टसका संचालक आयुषकृष्ण श्रेष्ठका तिलोत्तमा नगरपालिकास्थित फिट एण्ड फाईन ब्याडमिन्टन कोर्टमा पहिलो दिनको खेलहरु शुरु भएको बताए । जसमा प्रदेशस्तरको मेन्स सिङ्गल, मेन्स डबल्स र भेट्रान्स (४५ वर्षमाथि) गरि ३ ईभेन्टमा प्रतियोगिता जारी छ ।
मेन्स सिगलमा प्रथम टिमलाई १५ हजार, द्वितीयलाई ८ हजार र तृतीय टिमलाई ५ हजार रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि मेन्स डबल्सको प्रथम टिमले ३५ हजार, द्वियीले २० हजार र तृतीय टिमले १६ हजार रूपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुने छन् । भेट्रान्स ४५ वर्ष माथिको प्रथम टिमले २० हजार, द्वितीय १५ हजार र तृतीय टिमलाई १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने गरिने कार्यक्रम संयोजक राम बहादर शाहीले बताए ।
प्रतियोगिताको पाँच जना उदयमान, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट युवा खेलाडीलाई पुरस्कृत गरिने छ । अन्तिम आठमा पुग्ने खेलाडीलाई खेल सामग्रीबाट पुरस्कृत गरिने ब्यवस्था गरिएको छ ।