© २०२३
बुटवल, २६ पुस । रुपन्देहीमा शैक्षिक र खेलकुद क्षेत्रमा योगदान दिएको स्कलर्स होम बोर्डिङ्ग स्कुलमा विहिबारदेखी खेल सप्ताह शुरु भएको छ । विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने उदेश्यका साथ खेल सप्ताह तथा सास्कृतिक कार्यक्रम सुरु भएको हो ।
कार्यक्रमको एक समारोहका बिच राष्ट्रिय फुटबल प्रशिक्षक यम गुरुङ्गले उद्घाटन गर्दै खेलकुदबाट बालबालिकामा शारीरिक तथा मानसिक विकासमा सहयोग मिल्ने बताए । शैक्षिकसंगै खेलकुद गतिविधिमा स्कलर्स अगाडी रहेको भन्दै थप योजनाहरु बनाएर अघि बढ्न जरुरी रहेको उनले बताए ।
कार्यक्रम स्कुलका प्राचार्य बाबुराम बन्जाडेले बार्षिक कार्यक्रमलाई नियमित दिदै खेलकुद कार्यक्रम गरिएको बताए । खेलकुदमा रहेका विद्यार्थीहरुमा बौद्धिक रुपमा अझ तेजिलो हुने गरेको अनुभव सुनाउदै उनले अभिभावकहरुलाई यो विषय बुझाउन जरुरी रहेको बताए । खेल सप्ताह अन्तरगत माध्यामिक तहसम्म हट पोटेटो, मुजिकल चेयर्स, रिले दौड, ब्याडमिन्टन, भलिबल, कबड्डी, खेलहरु भएको उनले बताए ।
कार्यक्रममा ब्यबस्थापन समितिका अध्यक्ष मनोहर बस्याल, एम्स फाउण्डेसनका प्रबन्ध निर्देशक गोपाल प्रसाद न्यौपाने, एम्स कलेज प्रमुख दीपक ढकाल, सहायक प्राचार्य टिकाराम गौतम, कलेजका प्रमुख दीपक ढकाल, विद्यालयका प्रशासकिय प्रमुख लोक प्रसाद भण्डारीले कक्षागत रुपमा खेलप्रति आर्कषित गर्ने गरि कार्यक्रम गरिएको बताए ।
विभिन्न विधामा गरि खेलमा एक हजार चार सय विद्यार्थीहरु सहभागी हुने खेल संयोजक मनोकान्त क्षेत्रीले बताए ।