ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास
नवौ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल २०८०

१६ वर्षपछिको खडेरी तोड्दै रुपन्देहीमा राष्ट्रिय भलिबल हुने

२५ पुष २०८०, बुधबार
२५ पुष २०८०, बुधबार

बुटवल, २५ पुस ।

राष्ट्रिय खेल भलिबलको क्रेज रहेको रुपन्देहीमा लामो समयको खडेरी तोड्दै प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य प्रवद्र्धन, नेपाल भलिबल संघको समन्वय र मणिमुकुन्द भलिबल क्लबको आयोजनामा माघ २६ देखि फागुन २ गतेसम्म नवौ संस्करणको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको हो ।

प्रतियोगिताको विभिन्न उपसमिति गठन गरी परिचालन भएको बुधबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष लोकेन्द्र बहादुर भण्डारीले बताए । वि.सं २०६४ सालपछि लामो खडेरी तोडेर राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको उनले बताए । यसले गर्दा पनि यस क्षेत्रका खेलप्रेमीहरुलाई भलिबलका चाख मेटाउने उनले बताए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ गरी ३ विभागीय टिमसहित कोशी, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेश गरी सातै प्रदेशका गरी १० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद २ लाख रुपैयाँ, कप, मेडल प्रमाणपत्र, उपविजेता टिमले नगद १ लाख ५० हजार, रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी तृतीय टिमले नगद १ लाख तथा सान्त्वना टिमले नगद ५० हजार रुपैयाँ, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट सर्भर, स्पाईकर, डिफेन्स, ब्लकर, सेटर, प्रशिक्षक तथा अनुशासित खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले भलिबल खेलको क्रेजलाई उचाईमा लैजान रुपन्देहीमा रहेका क्लबहरुको भलिबलको महत्वपूर्ण योगदान रहेको बताए । राष्ट्रिय प्रतियोगिता भएको हुदा पनि यसलाई सफल बनाउने गरि यहाका सबै खेलकुद संस्थाहरुको समन्वय जरुरी रहने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग बहादुर गुरुङ, क्लबका सल्लाहकार टुक बहादुर क्षेत्री, जिल्ला अध्यक्ष सुरेन्द्र शाक्य, युवा परिषद लुम्बिनीका अध्यक्ष गोबिन्द केसी, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले सबै क्षेत्रबाट सहयोग हुने बताए ।

एकैपटक २ हजार ५ सय जना दर्शकले सहज ढंगबाट हेर्न मिल्ने गरी प्याराफिट तयार गरिएको क्लबका सुदिप केसीले बताए । तिलोत्तमा नगरपालिका वडा नं २ स्थित खेलमैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न ३४ लाख ३० हजार रुपैया खर्च हुने अनुमान रहेको क्लबका संरक्षक तथा खेल संयोजक सुरेन्द्र गुरुङले बताए । प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुलाई यातायात, खाना र बसोबासको समेत ब्यवस्थापन आयोजकबाट गरिएको उनले बताए ।

यसैगरी खेलाडीलाई १ लाख सम्मको दुर्घटना बिमा गरिएको उनले बताए । प्रतियोगिताको मुख्य प्रायोजकलाई ५ लाख तथा सहप्रायोजनको ३ लाख रुपैया तथा ब्यानरमा १५ हजार रुपैया तोकिएको उनले बताए ।

नेपाल पुलिस क्लबका भलिबल खेलाडी बाग्लुङ जिल्लाका आयुष्मा पुन स्वस्थ्य समस्या भई उपचारमा रहेको र कलेजो ट्रान्सप्रान्टको प्रक्रियामा रहेको हुदा १५ हजार रुपैया क्लबबाट सहयोग गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?