© २०२३
बुटवल, २५ पुस । बहुमुल्य धातु सुनको कोटालाई यस क्षेत्रका ब्यवसायीहरुबिच बिक्री प्रबन्ध गर्ने ब्यवसायीहरुको साझा संस्था बुटवल गोल्ड मार्ट प्रा.लि., बुटवलको तेस्रो अधिवेशनबाट कृष्ण बहादुर सुनारको अध्यक्षता ११ सदस्यीय नया सञ्चालक समिति गठन गरेको छ । जसको सञ्चालक समितिको सदस्यहरुमा प्रेम बहादुर सुनार, हर्ष बहादुर विक, इन्द्र बहादुर सुनार, इन्द्र बहादुर विक, हर्ष बहादुर विक, किशोर बहादुर विक, शेर बहादुर गहतराज, गोकुल विक, हरि गहतराज, दलबहादुर रिसाल, चुरामणी विक र रामप्रसाद कालिराज निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुमन अधिकारीले जानकारी दिए ।
एक समारोहका बिच नवनिर्वाचित सञ्चालक समितिलाई जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापाईले प्रमाणपत्र प्रदान तथा शुभकामना तथा निर्वाचन समितिका संयोजक सुमन अधिकारीले पदको शपथ खुवाएका छन । अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापाईले व्यवसायीक एकताबाट व्यवसाय फस्टाउने र अधिकार प्राप्तीमा सफलता मिल्ने बताए । सुनचादी जस्तो बहुमुल्य धातुको कारोवारमा राज्यले अपनाएको केन्द्रीकृत नीतिका कारण अवैध धन्दालाई प्रश्रय मिलेको दुखेसो गरे । यसले गर्दा सोझा र साना व्यवसायी मारमा परेको उनले दाबी गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले स्थानिय सरकार सुनचादी व्यवसायीहरुका समस्याप्रति सधै सचेत रहेको उल्लेख गर्दै सुनचादी व्यवसायमा रहेको कालिकढको समस्या समाधान गर्न तालिम वजेट विनियोजन गरेको बताईन ।
कार्यक्रममा नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य एंव संस्थाका संस्थापक अध्यक्ष दीपक कुमार विकले परम्परागत रुपमा चलेको हाम्रो व्यवसायका समस्याहरु जहाको तही रहेको भन्दै कानुनी रुपमा झेल्नु परेका समस्याप्रति राज्य गम्भिर बन्न सुझाव दिए । प्रालिका कार्यबहाक अध्यक्ष कृष्ण बहादुर सुनार, सञ्चालक सदस्य सरोज गहतराज, सुनचादी व्यवसायी संघका जिल्ला उपाध्यक्ष सुरेश बज्राचार्य, बुटवल सुनचादी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले आफुहरुको पेशामा देखिएको सुरक्षा चुनौतीलाई चिर्ने गरि सरकारबाट सहयोग हुनुपर्ने बताए ।
बुटवलमा रहेका सुनचादी व्यवसायीहरु सहभागी भएर स्थापना गरेको बुटवल गोल्ड मार्टले कोटामा प्राप्त सुन खरिद गरि व्यवसायीहरुलाई विक्रि गर्ने प्रवन्ध गर्दै आएको छ ।