© २०२३
बुटवल,२२ पुस । नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्त कुंवरले लुम्बिनी केबलकार यात्रा र बसन्तपुरस्थित कामाख्यादेवी मन्दिरको दर्शन गरेका छन् । आइजीपी कुंवरले पत्नीसहित आइतबार केबलकार हुंदै बसन्तपुर पुगेर कामाखयादेवी मन्दिर र सय वर्षदेखि पुजाआजा हुंदै आएको दुर्गा माता मन्दिर दर्शन गरेका हुन् । केबलकार यात्रा र कामाख्या देवी मन्दिर दर्शन पछि आइजीपी कुंवरले यो केबलकार आयोजना रुपन्देहीको मात्र नभई लुम्बिनी प्रदेशकै गहना भएको बताए । केबलकारले तराईदेखि भारतसम्मका पर्यटकलाई बुटवलबाट १५ मिनेटमै पहाडको रमणीय थलोमा पु¥याउने काम गरेको र रुपन्देहीमा नयां पर्यटकीय गन्तव्य थपिएको भन्दै यसले बुटवलको व्यवसायलाई चलायमान गराउन सहयोग पुग्ने बताए । यस्ता ठूला लगानीका पर्यटकीय पुर्वाधारको प्रवद्र्धनमा सरकारी र गैरसरकारी निकायको सहयोग हुनुपर्ने आइजिपी कुंवरले बताए ।
आइजीपी कुंवरलाई केबलकारका अपरेसन म्यानेजर डीएन कायस्थ सैजू,प्रबन्धक प्रज्ज्वल घिमिरे,सेक्युरिटी इन्चार्ज देउबहादुर चन्द लगायतले स्वागत गरेका थिए । सो अवसरमा अपरेसन म्यानेजर सैंजूले विश्वकै अत्याधुनिक र सुरक्षित प्रविधिको केबलकार भएको जानकारी गराउंदै सञ्चालनको ७ महिनामा डेढ लाख पर्यटक भित्राउन सफल भएको बताएका थिए ।