© २०२३
बुटवल, २२ पुस ।प्रदेश खेलकुद परिषद लुम्बिनी र लुम्बिनी प्रदेश कबड्डी संघको आयोजनामा शुक्रबार देखी बुटवलमा शुरु भएको प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले समापन गर्दै यो खेलको सम्भावनालाई मध्येनगर गरि प्रदेश सरकार लगानी गर्न तयार रहेको बताए । खेलका दक्ष जनशक्ति उत्पादनदेखी खेलाडी तयार गर्ने गरि प्रदेश सरकार लागेको उनको दाबी छ ।
कार्यक्रममा सहभागी निर्णायकहरुलाई मन्त्री चन्द्रकेश गुप्ता, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, केन्द्रीय सचिव तर्कराज भट्ट, केन्द्रिय सदस्य भगवती अधिकारी, केस राजकुमार क्षेत्री, राखेपका निवर्तमान मुख्य प्रशिक्षक बिष्णुदत्त भट्ट, पुर्वजिशिअ टेक बहादुर थापाले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सचिव तर्कराज भट्ट, केन्द्रिय सदस्य भगवती अधिकारी, केस राजकुमार क्षेत्री, राखेपका निवर्तमान मुख्य प्रशिक्षक बिष्णुदत्त भट्ट, चाईनामा सम्पन्न दक्षिण एशियाली प्रतियोगितामा कास्य पदक विजेता सृजना थारु, अन्तराष्ट्रिय सर्कल कबड्डी खेलाडी बासु बश्यालले तालिमबाट सिकेका कुराहरु ब्यवहारमा लागु हुने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश कबड्डी संघका अध्यक्ष जनार्दन केसी (जनक) ले सरकारबाट देशको लागि योगदान दिएका खेलाडीहरुलाई सम्मानको कार्यलाई समेत प्राथमिकता राख्नुपर्ने सुझाव दिए ।
लुम्बिनी प्रदेश कबड्डी संघका उपाध्यक्ष/ जिल्ला अध्यक्ष महेन्द्र सुनारले दक्ष जनशक्ति उत्पादन गर्ने गरि पहिलोपटक प्रदेशस्तरमा कार्यक्रम गरिदा धेरै सिकाई भएको बताए । तालिममा लुम्बिनी प्रदेशका कपिलबस्तु र रुकुम पुर्व बाहेकका १० जिल्लाबाट ६० जना बढि सहभागी रहेका संघका सदस्य दिनेश आचार्यले बताए ।