ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल
प्रदेश स्तरिय प्रथम खुला मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८०

बिबेक र मनोजको जोडीलाई उपाधि

२१ पुष २०८०, शनिबार
२१ पुष २०८०, शनिबार

बुटवल, २१ पुस । बुटवलमा सम्पन्न प्रदेश स्तरिय प्रथम खुला मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि लाफा समूहका विबेक न्यौपाने र मनोज फौदारको जोडी हात पारेका छन । न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा शनिबार भएको फाईनल खेलमा बुटवल ब्याडमिन्टन क्लबका गणेश रायमाझी र विश्वास नेपालको जोडीलाई २–० को सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन । उपाधिसंगै न्यौपाने र फौदारको जोडीले नगद ५१ हजार १ सय ११ रुपैया, कप र मेडलबाट पुरस्कृत भएका छन । बुटवल ब्याडमिन्टन क्लबका रायमाझी र नेपालको जोडी भने उपविजेता बन्दै नगद ३५ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाए । निक्कै प्रतिस्पर्धात्मक खेलमा लाफा समूहका विबेक न्यौपाने र मनोज फौदारले लगातार २१–१५ र २१–१९ ले जित्दै उपाधि हात पारे ।

खेलमा फिट एण्ड फाईनका मिलन सुनार र अनिस थापाको जोडी तथा नेपालगंजका अनिल लाखे र दिनेश थापाको जोडी तेस्रो हुदै नगद २५ हजार १ सय ११ रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत भए ।

भेट्रान्सतर्फ भने बुटवल ब्याटमिन्टनका पंकज ज्ञवाली र दीप आचार्यको जोडीले उपाधि जितेका छन । फाईनलमा नेपालगंजका अनिल लाखे र जयन्त श्रेष्ठको जोडीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन । उपाधिसंगै ज्ञवाली र आचार्यको जोडीले नगद ३१ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । उपविजेता लाखे र श्रेष्ठको जोडी नगद २१ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाए ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा नेपालगंजका अनिल लाखे र जयन्त श्रेष्ठको जोडीले पहिलो सेट २१–१९ ले जित्दै अग्रता लिएको थियो । तर बुटवल ब्याटमिन्टन क्लबका पंकज ज्ञवाली र दीप आचार्यको जोडीले दोस्रो सेट र तेस्रो सेट भने २१–१६, २१–१२ ले जित निकाल्दै उपाधि आफ्नो नाम गरे ।

खेलमा तिलोत्तमा ब्याडमिन्टन क्लबका सुरज गुरुङ र वसन्त थापा चर्तिको जोडी तथा रोहित पुरी र प्रनेश ढकालको जोडी तेस्रो हुँदै नगद १५ हजार १ सय ११, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा उत्कृष्ट खेलाडी मनोज फौदार, उदयमान खेलाडी नवलपरासी ब्याडमिन्टन क्लबका जयश कश्यप, अनुसासित खेलाडी हिमान्सु कुवर घोषित भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, क्लबका अध्यक्ष बोनिन पिया, खेल संयोजक रोहित पुरीले खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए । पुस २०–२१ गते ( दुई दिने) सम्म चलेको प्रतियोगितामा १० जिल्लाका खेलाडीहरुले भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?