© २०२३
बुटवल, २१ पुस । प्रधानमन्त्री कप पुरुष एक दिने प्रदेश क्रिकेट प्रतियोगितामा उपाधिका लागि नवलपरासी र बाके जिल्ला बिच भिडन्त हुने भएको छ । शुक्रबार भएको अन्तिम खेलमा समुह ‘बि’ बाट ३ बिकेटले जित निकाल्दै समुह विजेता बन्दै बाके जिल्ला फाईनलमा स्थान बनाएको हो । फाईनल खेल आईतबार सिद्धार्थ क्रिकेट मैदानमा हुने प्रदेश सदस्य तथा संयोजक प्रथम पराजुलीले बताए ।
लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा देउखुरी क्रिकेट स्टेडियममा शुक्रबार देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको दाङले ३९ ओभरमा सबै बिकेट गुमाएर १ सय ४४ रनको योगफल तयार गरेको थियो । दाङका आशिष ओलीले ७९ बलमा ४६ र मोहन खत्रीले ५६ बलमा ४६ रनको योगदान दिएका थिए । बाकेका विजय चौधरी, लभकुश यादव र धन बहादुर क्षेत्रीले समान २—२ बिकेट लिए ।
मध्यम लक्ष्य पछ्याएको बाकेले ३५.४ ओभरमा ७ बिकेटको नोक्सानीमा विजयी भएको थियो । बाकेको ब्याटिङ शुरुवातमा खराब रहेको थियो । ओपनर शुबेन्दु पाण्डे ९ बलमा ५ रनमा बोल्ड भए । यसैगरि प्रनिति थापा १७ बलमा ७ रनमा क्याच आउट भए । योसंगै धरमराएको बाकेको ब्याटिङ सुनिल भण्डारीले सम्हाले । उनले ५६ बलमा ३८ रन जोडे । यसैगरि लभकुश यादवले १९ बलमा २१ र विजय चौधरीले ७ बलमा १० रनको नटआउट पारी खेले । दाङका सुजल ओलीले ४ तथा बिर बहादुर घर्तीले २ बिकेट लिएका थिए । खेलमा बाकेका लवकुश यादव म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।