© २०२३
बुटवल, २१ पुस । टोलटोलमा अहिले ब्याटमिन्टन खेल खेल्ने गरिन्छ । सम्भवत साना बच्चादेखी भेट्रान्स उमेरमा धेरै चर्चित खेलका रूपमा ब्याटमिन्टल पर्ने गर्दछ । यही खेलबाट नाम कमाएका खेलाडी हुन, अनिल लाखे । नेपालगंज निवासी उनी सानैबाट ब्याटमिन्टन खेल्थे । विद्यालयस्तरका प्रतियोगितामा जित निकालेर हौसिएका उनले पाल्पा जिल्लामा भएको खेलबाट राष्ट्रिय प्रतियोगितामा डेब्यु गरे । उनले बिसं २०४४ सालमा पाल्पामा भएको २३ औं राष्ट्रिय ब्याटमिन्टन प्रतियोगितामा पहिलोपटक डेब्यु गरेका थिए । जसमा उनी आफनो उमेर समुह यु—१६ मा उपविजेता बने । योसँगै उनको ब्याटमिन्टन क्रेज बढ्यो । उनी सपनामा पनि ब्याटमिन्टन खेल्थे । जीवनमा पहिलो डेब्युमै नेपालको यु—१६ समुहमा दोस्रो नम्बर रेकिङमा पर्नु सामान्य कुरा भने थिएन । यसपछि उनी खेलमा पछि फर्केनन । निरन्तर लगावकै कारण उनी धेरै प्रतियोगिताहरूमा सफलता पाए । आफनो समयमा यो खेल महगो खेलका रूपमा हेरिने उनि बताउछन । ‘तर अहिले समय फेरिएको छ ।’—उनले थप—‘सबैमा आर्कषणको खेल भएको छ ।’
उनले नेपाललाई सन २००७ मा अन्तर्राष्ट्रिय पदक जिताए । जुन अहिलेसम्मकै उनको जिवनको ऐतिहासिक सफलता हो । श्रीलंकाको कोलम्बोमा भएको १० दक्षिण एशियाली प्रतियोगितामा उनले कास्य पदक हात पारेका थिए । अन्तर्राष्ट्रिय ब्याटमिन्टन प्रतियोगितामा धेरैले यो पटक जितेपनि लुम्बिनी प्रदेशबाट ब्याटमिन्टन खेलाडीले पाएको यो उपलब्धि अहिलेसम्मकै ऐतिहासिक पदक हो ।
अहिले उनि नेपालगंजलाई केन्द्र बनाएर ब्याटमिन्टन खेल विकासमा लागेका छन । उनी अहिले मास्टर्स ईभेन्टका प्रतियोगितामा अधिकास ठाउमा खेल्न पुग्छन । उपाधि उचाल्छन । यतिमात्र होईन उनी नेपालगंज ब्याटमिन्टन क्लबका अध्यक्ष भएर संस्था हाकेका छन । उनी ब्यवसायिक ब्याटमिन्टन प्रशिक्षणमा अग्रसर छन । उनी नयाँ र युवा खेलाडीहरू पहिचान गर्ने, उनीहरूलाई तालिम दिने गर्छन । साथै खेलाडीहरूलाई प्लेटफर्म दिने गरि खेलप्रेमी, स्थानीय निकायहरूको सहयोगमा प्रतियोगिता आयोजनामा समेत अगाडी छन । उनी नेपाल भारत बिचका खेलाडीहरूमा भातृत्व विकास हुने गरि ईन्डो नेपाल खेलहरू समेत गरेको बताउछन । आफू २३ औं राष्ट्रिय प्रतियोगिता खेलेको स्मरण गर्दै अहिले ४१ औ संस्करण पुगेको बताउँछन । लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रूपन्देही, कपिलबस्तु, नवलपरासी पाल्पा, गुल्मी, अर्घाखाँचीमा यो खेल धेरै खेलिने उनले बताए ।