ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

थपियो सुविधासम्पन्न ब्याडमिन्टन कभर्ड हल

२० पुष २०८०, शुक्रबार
२० पुष २०८०, शुक्रबार

बुटवल, २० पुस । नेपालको राष्ट्रिय खेलकुदमा प्रभाव पार्ने लुम्बिनी प्रदेश पुर्वाधार र खेलकुद गतिविधिका हिसाबले अगाडी छ । सरकारी र नीजि लगानीकै कारण यहा पुर्वाधार विकासमा गति लिएको पाउछौ । यहा क्रिकेट, फुटबल, लनटेनिससंगै ब्याटमिन्टनको राम्रो क्रेज छ । नेपालको राष्ट्रिय रेकिङमा यो प्रदेशबाट टप टेनमा पर्ने धेरै खेलाडी छन । ब्यवसायिक ब्याटमिन्टल विकाससंगै यो खेल युवा वर्गमा आर्कषणको खेल बनेको छ । वर्षभरि नै खेल गतिविधि हुदा पनि यसले खेलाडी फाईदा मिलेको छ । यही क्रेजकै कारण ब्याटमिन्टनको पुर्वाधारमा सरकारी र नीजि लगानी भएको पाउछौ । खेलाडी, खेलप्रेमीको अगुवाईमा बुटवल शिवनगर सामुदायिक वन उपभोक्ता समितिमा न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको सुविधासम्पन्न कभर्ड हल तयार भएको छ ।

क्लबका उपाध्यक्ष नरेश कुमार श्रेष्ठले प्रदेशमा नै रुफटप सुविधाको पहिलो कभर्डहल निर्माण गरेको दाबी गरे । करीब १ करोड २५ लाख रुपैया लागतमा निर्माण भएको कभर्ड हलमा धेरै खेलाडी, खेलप्रेमीहरुको सहयोग भएको बताए । ‘खेलाडी र खेलप्रेमीहरुको ६० प्रतिशत लगानीमा पुर्वाधार तयार भएको हो ।’— उनले भने । शिवनगर सामुदायिक वनको ४ कठ्ठा १० धुर क्षेत्रफलमा पार्केटिङ गरेर सुविधासम्पन्न कोर्ड तयार भएको बताए । राष्ट्रिय प्रतियोगिता खेलाउन मिल्ने २ वटा कोर्ट भएको छ । खेलाडी उत्पादन गर्ने गरि प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए । क्लबमा आजिवन सदस्यहरु ६० जना रहेका छन ।

सरकारी र नीजि क्षेत्रबाट बनेका लुम्बिनी प्रदेशमा मापदण्ड पुरा भएका करीब ४० बढी कर्भड हल भएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई बताउछन । पुर्वाधारका हिसाबले बलियो भएपनि अब मानव संसाधनतर्फ जोड दिन जरुरी रहेको उनको तर्क छ । संगठन संरचनाका लागि प्रदेश खेलकुद परिषदले कुरा उठाएको उनले बताए । मानव संसाधन जनशक्ति नभई खेल विकास गर्न कठिन हुने भन्दै यहा हुने प्रतियोगिता मापदण्ड पुरा गरेर मान्यताप्राप्त एम्पायरबाट खेलाउनुपर्ने उनको सुझाव छ ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कर्भड हलको समुद्घाटन गरे । बुटवलको विकासमा सामुदायिक वनको योगदानको चर्चा गर्दै सामुदायिक वन नै अबको नगरको विकासको आधार भएको उनले बताए । यो क्षेत्रमा गौशाला, फोहोर प्रशोधन केन्द्र, कतिपय खेल पुर्वाधार समेत रहेको उनले बताए । नवनिर्मित कभर्ड हलमा सिसिटिभि क्यामरा र मंच निर्माणमा सहयोग गर्ने उनले प्रतिवद्घता जनाए । बुटवल शहरको विकास सबैको सहकार्यमा अघि बढेको भन्दै पिपिपि मोडेलमा चल्नुपर्ने सुझाव दिए । मानिस विरामी भएर ठूलो रकम स्वस्थ्यमा खर्च गर्नुभन्दा खेलकुदमा लागेर स्वस्थ्य रहने वातावरण सृजना गर्न जरुरी रहेको बताए । बुटवलका सबै टोलटोलमा क्लबहरुको अगुवाईमा भएका पुर्वाधार विकास र गतिविधिलाई समेट्ने गरि पालिका लाग्ने उनले बताए ।

कार्यक्रममा शिवनगर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मनोज गौचनले सामुदायिक वनमा पर्यापर्यटन विकास गर्ने अवधारणा अनुसार काम अघि बढेको बताए । पर्यापर्यटनको प्लटमा खेलकुद विकासको लागि यो पुर्वाधार विकास भएको उनले बताए । युवा खेलाडि उत्पादनका लागि प्रशिक्षण केन्द्रका रुपमा कभर्डहलको योगदान दिनेमा आशाबादी रहेको उनले बताए । समयको माग अनुसार आफुहरु स्वयत्त रुपमा हल संचालन गर्न सक्ने गरि कभर्डहल ब्यवस्थापनलाई सहयोग गर्न आफू तयार रहेको बताए ।

कार्यक्रममा न्यु लुम्बिनी ब्याडमिन्टन क्लबका अध्यक्ष बोनिन पियाले निक्कै लामो प्रयासबाट पूर्वाधार तयार गरेको बताए । खुला क्षेत्रमा ब्याटमिन्टन खेल्दै समुह बनाएर खेल विकासमा अग्रसर हुदा पुर्वाधार निमार्ण गर्न सफल भएको उनले बताए । कार्यक्रममा वडा नं ८ का वडाअध्यक्ष यज्ञ पंगेनी, १५ का वडाअध्यक्ष शिव राना, क्लबका महासचिव जिवकान्त काफ्लेले हलको बाकी कामलाई सहकार्य गरेर लाने प्रतिवद्धता जनाए ।

उद्घाटन खेलमा लाफा समुहका बिबेक र मनोजको जोडी विजयी

ब्याडमिन्टन खेलको विकास र युवा खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यका साथ न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा शुरु भएको प्रदेश स्तरिय प्रथम खुला मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८० मा लाफा समुहका बिबेक न्यौपाने र मनोज फौदारको जोडी विजयी शुरुवात गरेका छन । आयोजक न्यु लुम्बिनी ब्याडमिन्टन क्लबका गोबिन्द श्रेष्ठ र सन्जिव खातीको जोडीलाई २१–१४, २१–१४ को सोझो सेटमा पराजित गर्दै लाफा समुहका बिबेक न्यौपाने र मनोज फौदारको जोडी विजयी भएका हुन ।

कार्यक्रम संयोजक रोहित पुरीले खुलातर्फ उपाधि विजेताले नगद ५१ हजार १ सय ११ रुपैया, कप र मेडलबाट पुरस्कृत गरिने बताए । यसैगरि उपविजेता टिमले नगद ३५ हजार १ सय ११ तथा तृतिय टिमले नगद २५ हजार १ सय ११ रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

भेट्रान्स डबल्सतर्फ उपाधि विजेताले नगद ३१ हजार १ सय ११, उपविजेता टिमले नगद २१ हजार १ सय ११ तथा तृतिय टिमले नगद १५ हजार १ सय ११, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । उदयमान खेलाडी र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए । पुस २०–२१ गते ( दुई दिने) चल्ने प्रतियोगितामा १२ जिल्लाबाट खुलातर्फ ३६ टिम र भेट्रान्स ३२ टिमले भाग लिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?